१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आइसिसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक



काठमाडौं । आइसिसी यू-१९ विश्वकप १९ जनवरी देखि ११ फेब्रअरीसम्म हुने भएको छ । आइसीसीले श्रीलंका क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि दक्षिण अफ्रिकामा सरेको यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।

यू-१९ विश्वकपमा नेपाल समूह डी मा न्युजील्याण्ड, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । सार्वजनिक गरिएको तालिका अनुसार नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डसँग खेल्नेछ । त्यस्तै जनवरी जनवरी २४ मा पाकिस्तानसँग र् समूह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्नेछ ।

हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन् । समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । त्यस्तै समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समुह चरणका खेलपछि समूह ए र डी का टोली सुपर ६ खेल्नेछन् भने समूह बी र सी का शिर्ष ६ टिम सुपर सिक्स खेल्ने छन् ।

हरेक समूहमा पुछारका टोलीले १२ देखि १६औं स्थानका लागि प्लेअफ खेल्न पाउने आइसिसीले बताएको छ । नेपालले यू-१९ विश्वकप अघि जनवरी १६ मा वेस्टइन्डिजसँग अभ्यास खेल खेल्ने भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : ३० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले