२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा



काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ । त्यसमध्ये विभिन्न सात जिल्लामा भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको विभिन्न क्षेत्रका वर्षा मापन केन्द्रहरूमा आज साँझ भएको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा आज सल्यानमा सबैभन्दा बढी ७५.२ मिलीमिटर वर्षा भएको छ ।

त्यसैगरी रुकुममा ५१ मिलीमिटर, म्याग्दीमा ७५, कास्कीमा ५७, नुवाकोटमा ५३, सङ्खुवासभामा ५८ र धनकुटाको मछुवाघाटमा ७४ मिलीमिटर वर्षा भएको छ । ५० मिलीमिटरभन्दा बढी वर्षा भए त्यसलाई भारी वर्षा भएको मानिन्छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार धेरै मापन केन्द्रहरूमा भारी उन्मुख वर्षा ४० देखि ५० मिलीमिटर वर्षा भएको बताए । आज साँझदेखि देशभर नै बदली भएको तथा छिटफुट जिल्लाबाहेक धेरै ठाउँमा वर्षा भएको र यो क्रम शनिबार पनि जारी रहने उनले बताए ।

उनका अनुसार यो समयमा हुरीबतास, चट्याङ र असिनापानीले असर गर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरे ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १० : ०० बजे

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी