३० श्रावण २०८३, शनिबार | August 15, 2026

सोह्र दिने अभियान चलिरहँदा नेपालमा ६२ हिंसाका घटना, लुम्बिनीमा मात्र ११



काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहकै बेलाम ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलत्कार, चार यौन दुव्र्यवहार, दुई बेचबिखनका रहेका छन् ।

यस्तै महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बालत्कार, १३ घरेलु हिंसा, एक यौन दुव्र्यवहार, पाँच बेचबिखनका घटना अनुगमनका क्रममा पाइएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालबाट जारी विज्ञप्तिमा जनाइएको छ । सबैभन्दा बढी हिंसाका घटना मधेश प्रदेशमा २६ वटा रहेको छ । त्यसपपछि बागमती प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ११, गण्डकीमा पाँच, कोशीमा चार, कर्णाली र सुदूरपश्चिममा दुई दुई वटा पाइएको जनाइएको छ ।

नेपालमा यही मङ्सिर ९ गतेदेखि मङ्सिर २४ गतेसम्म (नोभेम्बर २५ देखि डिसेम्बर १०) ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको थियो । नेपालमा यस अभियानको थालनी सन २००४ देखि गरिएको हो ।

महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाका आधारमा प्रतिवेदन तयार पारेको इन्सेकले नेपालमा महिलामाथिको हिंसा विगतका वर्षमा भन्दा कम हुँदै आए पनि सन्तोषजनक नभएको जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : ११ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर