२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सेयर बजार ३३.६४ अंकले बढ्यो, सवा ४ अर्बको कारोबार



काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो ।

मंगलबार ३३.६४ अंकले बढेको सेयर बजार १९८२.२२ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९६ कम्पनीको ९४ हजार २८५ पटक भएको कारोबारमा १ करोड २३ लाख १९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड १७ लाख ८२ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २०८ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको घटेको छ भने ५ वटाको सेयर मूल्य स्थिर रहेको छ ।

यसअघि आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो । यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।

आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार १५.४० अंकले ओरालो लागेको १९४८.५७ विन्दुमा पुगेर बन्द भएको थियो । यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : १९ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव