१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा



काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् । कार्यकारी निर्देशक थानीले राजीनामा दिएको स्वीकार गर्दै मन्त्री रमेश रिजालले राजीनामाको कारण भने आनफुलाई थाहा नभएको बताए ।

२७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएको मन्त्री रिजालले बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले सिफारिस गरेको ३ जना मध्य थानीलाई सरकारले कार्यकारी निर्देशकको पदमा नियुक्त गरेको थियो । समितिले सुर्खेतका थानी सहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

थानीले निगममा एक वर्ष नौ महिना काम गरेर राजीनामा दिएका छन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना अनुसार राजिनामा दिएको बताइएको छ । थानी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट नेता हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : ११ बजे

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान

एन आई सी एशिया बैंकले सार्वजनिक गर्यो ‘एन आई सी एशिया साथी घर कर्जा’

काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र