१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

गण्डकी–लुम्बिनी प्रदेश जोड्ने राम्दीमा ‘सिग्नेचर ब्रिज’



वालिङ । गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालिएको छ ।

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको हो । विसं २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण थालिएको पुल सेक्टर पोखराका इञ्जीनीयर आशिष रिजालले जानकारी दिए ।

“पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधन सञ्चालन हुन पाएका थिएनन्” उनले भने, “एकहप्ता अघिदेखि पुल निर्माण सुरु गरेका छौँ, स्याङ्जातर्फको घर टहरा भत्काएर जग खन्ने काम अगाडि बढेको छ ।”हाल सञ्चालनमा रहेको ९३ मिटर लम्बाइको ‘स्टिल ब्रिज’ भन्दा केही तलबाट एकसय २० मिटर लम्बाइको ‘सिग्नेचर ब्रिज’ बन्ने भएको हो । सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरी ठेक्का सम्झौता भई काम अगाडि बढेको हो । २०८२ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणको ठेक्का सम्झौता भएको हो ।

“पुल निर्माण सम्पन्न गर्नका लागि रु २७ करोड ७१ लाख लागत लाग्ने छ” उनले भने, “पुल फुटपाथसहित एघार मिटर चौडाइको हुनेछ ।”अब बन्ने नयाँ पुलमा ४० टनसम्मको भारवहन क्षमता रहने छ । भारत सरकारको सहयोगमा विसं २०२२ देखि सिद्धार्थ राजमार्गको निर्माण सुरु भई विसं २०२८ मा सम्पन्न भएको थियो । देशकै पर्यटकीय सहर एवं गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई व्यापारिक सहर बुटबल तथा भारतसँगै जोड्ने पुरानो सडक हो सिद्धार्थ राजमार्ग । सडक निर्माण भएको लामो समय भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन ।

ठूला भारवहन क्षमताका सवारीसाधन राम्दीमा रहेको हालको पुलमा सञ्चालन हुन नसक्दा माल सामान ढुवानीमा कठिनाइ तथा आसपासका उपभोक्ता मर्कामा परेका छन् । नयाँ पुल निर्माण थालिएसँगै पुलको बाटो भई सामन ढुवानी गर्ने उद्योगी, व्यापारी तथा उपभोक्ता खुसी हुन थालेका छन् । पुल निर्माण भएको लामो समय भएको हुँदा यसको क्षमता घट्दै गएकाले दश टन क्षमताभन्दा बढी भारवहन क्षमताका सवारीसाधन चल्न रोक लगाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  २ : ०७ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary