काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा आज स्वीकृत गरेका हुन् । गौतमले २४ मंसिरदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।
गौतमले राजीनामा दिए लगत्तै संसदका सचिव पदमप्रसाद पाण्डेयलाई सभामुख र राष्ट्रियसभा अध्यक्षले महासचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए । तर, गौतमको राजीनामा स्वीकृत नहुँदै पाण्डेयलाई महासचिवमा सिफारिस गरेपछि रित नपुगेको भन्दै राष्ट्रपति कार्यालयले मुल्तबीमा राखेको थियो ।
अहिले उनै पाण्डेयले कार्यबहाक महासचिवको जिम्मेवारी पाएका छन् ।



















प्रतिक्रिया