६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

सिन्धुलीमा हायस दुर्घटना, १२ जना घाइते



सिन्धुली । सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरूमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका-८ बस्ने ३८ वर्षीया यशोधा प्याकुरेल र उनका १० वर्षीय छोरा केशव प्याकुरेल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको हात, मुख र शरीरमा चोट लागको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै अन्य घाइते हुनेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ का वर्ष ५७ को अर्जुनप्रसाद ढुंगाना,  वर्ष ५१ की भगवती ढुंगाना, ५३ वर्षका रामप्रसाद ढुंगाना, वर्ष ६२ का बासुप्रसाद ढुंगाना, वर्ष २३ का अतिश ढुंगाना, वर्ष ३३ का नवराज सुवेदी, वर्ष ५७ की रेणुका र सुनिल ढुंगानाको छोरी वर्ष १० की रेशिका ढुंगाना छन् ।

घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले चालक सन्तलाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

बुधबार काठमाडौंबाट उदयपुरको गाइघाटतर्फ आउँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस बीपी राजमार्गको कमलामाई नगरपालिका-२ भद्रकाली नजिकै दुर्घटना भएको भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : १५ बजे

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार

परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प

झापा । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ

म्याग्दीको मङ्गलाका किसानलाई कृषि औजार वितरण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई