१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तर वैयक्तिक संचार विभाग शुभारम्भ



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सेवाग्राहीमैत्री स्वास्थ्य उपचार तथा सकारात्मक सन्देश दिनेगरी नयाँ अभ्यासको सुरुवात गरेको छ । अस्पतालमा आउने सेवाग्राहीलाई चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरुबाट सकारात्मक र रचनात्मक व्यवहारसहित स्वागत गर्ने संस्कारको बिकासका लागि अन्तरव्यैक्तिक सञ्चार विभाग (डिपार्टमेन्टल अफ इन्टरपर्सनल कम्युनिकेशन सेन्टर) स्थापना गरिएको छ ।

मुलुकका सरकारी तथा नीज अस्पतालहरुमै नयाँ अभ्यासको रुपमा रहेको यो विभागमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरु बीच आन्तरिक समस्याहरुको सञ्चार तथा समन्वय गर्नुका साथै सेवाग्राहीप्रति प्रेमपूर्ण व्यवहारको बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विभागको विहिबार औपचारिक उद्घाटन गर्दै अस्पतालका स्टाफनर्स विभागकी प्रमुख ज्योती पौडेलले अस्पताल परिवारमा नयाँ उत्साह प्राप्त भएको उल्लेख गरिन् । अब यो विभागमाफर्त अस्पतालमा कार्यरत परिवारको आन्तरिक समस्याको समाधान, सेवाग्राहीसँग गरिने व्यवहारमा सुधार तथा अस्पतालमा सेवालिन आउनेहरुको गुनासोलाई उपयुक्त ढङ्गले समाधान गर्न सकिने उल्लेख गरिन् ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले नयाँ अभ्यासको रुपमा सुरु गरिएको विभागले सेवालाई प्रभावकारी बनाउनुका साथै द्वन्द व्यवस्थापनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । कतिपय अवस्थामा सही उपचार गराउँदा गराउँदै पनि सेवाग्राही र अस्पताल परिवार बीच सही सञ्चार हुन नसक्दा द्वन्द उत्पन्न हुने गरेका उदाहरणहरु सुनाउँदै उनले प्रादेशिक अस्पतालमा अब त्यस्तो अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको उल्लेख गरे । ‘उपचारमा आउने सेवाग्राहीले सबै स्वास्थ्य सुविधा प्राप्त गरेर पनि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स, कर्मचारी वा कुनै एक जनाले गर्ने गलत व्यवहार वा बोलीका कारण उनीहरुको आत्मसम्मानमा ठेस पुग्न सक्छ ।’- डा. थापाले भने, ‘अब त्यस्तो परिस्थिती सिर्जना हुन नदिनका लागि अहिले सुरु गरिएको विभागबाट सम्पूर्ण अस्पताल परिवारलाई प्रशिक्षित गरिने छ । कसैको पनि आत्मसम्मानमा ठेस पुग्ने खालका बोली र व्यवहार अस्पताल भित्र हुने छैन ।’ विभागबाट प्रदान गरिने प्रशिक्षण तथा कार्यशालालाई आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा समेत समावेश गरिने बताउँदै उनले अस्पतालका सबै तह र विभागमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले प्रशिक्षण लिनै पर्ने व्यवस्था गरिएको उनले बताए ।

अस्पतालमा अस्पतालको पहिलो गेटमा सेवाका लागि खटिएका सुरक्षाकर्मीदेखि उपचारमा संलग्न चिकित्सक तथा विभिन्न तह र विभागका स्वास्थ्यकर्मी वा कर्मचारीलाई बिरामीप्रति गरिने व्यवहार बारे प्रशिक्षित गरिने छ ।’- मेसु डा. थापाले भने, ‘अब लुम्बिनी प्रादेशिक अस्पतालबाट सेवा लिएर बाहिरिने कुनै पनि सेवाग्राहीले यहाँबाट गलत सन्देश बोकेर जानु पर्ने छैन ।’

डिपार्टमेन्ट अफ इन्तरपर्सनल कम्युनिकेशनकी प्रमुख माधुरी ज्ञवालीले सेवाग्राहीको गुनासोलाई सुनेर सही ढङ्गले व्यवस्थापन सहयोग पुग्ने उल्लेख गरिन् । विभाग शुभारम्को अवसरमा बोल्दै वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. श्रीधर आचार्यले मुलुकमै नयाँ सोचकासाथ ल्याइएको यो अवधारणाले स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ सन्देश प्रभाह गर्ने विश्वा व्यक्त गरे । यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पतालले सेवा प्रादन गर्ने विषयमा सकारात्मक परिवर्तन गर्दै आएको उल्लेख गर्दै अहिले सुरु गरिएको नयाँ प्रयास मुलुकमै नमूना बन्न सक्ने दाबी गरे । कार्यक्रम अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको थियो ।

दैनिक २ हजार ५ सय बढी उपचारका लागि आउने अस्पतालमा ७ सय स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका छन् । पछिल्लो आर्थिक वर्ष अस्पतालमा ३ लाख २ हजार ६९६ जनाले बहिरंग स्वास्थ्य सेवा लिएका थिए भन आकस्मिक कक्षतर्फ ६७ हजार ५६१ जनाले सेवा लिएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ५ : ५३ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary