२१ माघ २०८२, बुधबार | February 4, 2026

कान्ति माविलाई लाग्यो धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप, उपमहानगरले सोध्यो स्पस्टीकरण



बुटवल । बुटवलको पुरानो सामुदायिक विद्यालय कान्ति माध्यामिक विद्यालयले दोस्रो त्रैमासिक परीक्षामा कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ को ४ वटा प्रश्नपत्रमा धार्मिक सन्तुलन कायम राख्न नसकेको भन्दै बुटवल उपमहानगरपालिकाले स्पस्टीकरण सोधेको छ ।

कान्तिले दोस्रो त्रैमासिक परीक्षामा कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ को ४ वटा प्रश्नपत्रमा लगातार इसाई धर्मबाट मात्र प्रश्न निकालीएको कारण धार्मिक सहिष्णुतामा नकारात्मक प्रभाव परेको गुनासो आएको भन्दै उपमहानगरपालिकाले विद्यायललाई स्पस्टीकरण सोधेको हो ।

उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयलाई पठाएको पत्रमा दोस्रो त्रैमासिक परीक्षाको कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो वुटवल’ को पश्न पत्रमा प्रश्न नं.३ (क), प्रश्न नं. ४ (क) प्रश्न नं. ५(ख) र (ञ) गरी ४ वटै प्रश्नहरु इसाई धर्म सम्बन्धित मात्र रहेको पाइएकोले यति धेरै प्रश्नहरु एउटै धर्म सम्प्रदायसंग सम्बन्धित हुँदा धार्मिक सहिष्णुतामा नकारात्मक प्रभाव पारिएको भन्ने गुनासो सुनिन काएकोले के कति कारणले यस्तो भएको हो ? भनि स्पस्टीकरण सोधिएको छ ।

साथै स्पस्टीकरणमा उक्त प्रश्नहरु निर्धारित विशिष्टिकरण तालिका अनुसार निर्माण गरिएका हुन् वा होइनन् सम्बन्धित शिक्षकसंग यसको उचित जवाफ माग गरी ५ दिन भित्र उपमहानगरमा जवाफ पेश गर्न भनिएको छ ।

कान्ति माविका प्राचार्य गोबिन्द ज्ञवालीले करिकुलम अनुसार बनेको पाठ्यक्रम भित्रैबाट प्रश्नपत्र बनेको बताए । उनले विद्यालयको धार्मिक सहिष्णुता खलल पार्ने कुनै नियत नभएको स्पष्ट पारे । विद्यालयमा बनेको पाठ्यक्रम भित्र सबै धर्मको विषयमा पाठ रहेको उल्लेख गर्दै ज्ञवालीले प्रश्नपत्रमा एउटै धर्मका विषयमा राख्नु कमजोरी भएको भन्दै विषयगत शिक्षकलाई सचेत गराइएको बताए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ६ : ४४ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक