२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बैंक तथा बित्तीय संस्थाको मनपरि विरुद्ध बोल्यो बुटवल उद्योग वाणिज्य संघ

लिलामी तत्काल रोकी कर्जा पुनर्तालिकिकरण गर्न माग



बुटवल । बुटवल उद्योग वाणिज्य संघले बैंक तथा बित्तीय संस्थाहरुले आफुखुसी बढाएको ब्याजदर घटाएर लगानीको वातावरण बनाउन माग गरेको छ । संघले बैंक तथा वित्तिय संस्थामा लगानी योग्य पुँजीको स्रोत प्रयाप्त हुदां पनि चर्को ब्याजका कारण लगानी हुन नसकेको ठहर गर्दै ब्याज घटाउन माग गरेको हो ।

संघको टोलीले बिहिबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामा डेलिगेसन गई ऋणको व्याजदर घटाउन तथा ब्यवसायीको घरजग्गा लिलामी रोक्न माग गरेको छ । संघले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्यन्द्रराज सुवेदीमार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र पठाउँदै व्यवसायीहरुले ऋणको व्याज तथा सावां भुक्तान गर्न नसकिरहेको अवस्थामा ऋणको पुर्नतालिकिकरण गर्ने र हर्जाना मिनाहा गर्नको लागि प्रवन्ध मिलाउन पनि आग्रह गरेको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुवेदीलाई ज्ञापन पत्र बुझाउँदै बित्तिय संस्थाहरुले बैंकिङ्ग प्रणालीमा लगानी योग्य स्रोत प्रयाप्त हुदां पनि कर्जा बिस्तार हुन नसक्नु, कर्जाको दरमा उल्लेख्य मात्रामा कमी आउन नसक्नु, खराब कर्जाको मात्रामा उल्लेख्य रुपमा बृद्धि हुनुले पनि समस्या बिद्यमान रहीरहेको देखिएको बताए ।

व्यवसाय धराशायी भएको सन्र्दभमा व्यवसायीहरुले ऋणको व्याज तथा सावां भुक्तान गर्न नसकिरहेको अवस्थामा ऋणको पुर्नतालिकिकरण गर्ने र हर्जाना मिनाहा गर्नको लागि प्रवन्ध मिलाउन ज्ञापनपत्रमा आग्रह गरिएको छ । व्यवसायिक ऋण भुक्तानीमा समस्याका कारण देखाउदै गरिने धितो लिलाममा व्याज भुक्तान भएका सम्पुर्ण लिलामी रोक्का गरी ऋण पुनर्तालिकिकरण गर्न समेत अनुरोध गरिएको छ ।

नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर र नेपाल उद्योग बाणिज्य महासंघलाई बोधार्थ दिईएको ज्ञापन पत्रमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सुलभ तथा सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, रोजगारी तथा अर्थव्यवस्थाको मुख्य क्षेत्रको रुपमा पर्यटन रहेको र त्यसको बिस्तार र बिकास हुन सके थप रोजगार तथा स्वरोजगारको अवसर प्रदान गर्न सक्ने भएकाले विदेशी पर्यटक भ्रमणमा आउन ल्याउन पाउने रकमको सिमा बढाउन पनि आग्रह गरिएको छ ।

ओभरड्राफट् ऋणमा केही समय देखी लागु गरिएको व्यवस्थाको सट्टा पुर्ववत स्विकृत ओभरड्राफट् ऋणको सीमा भित्र पटकपटक आवश्यकता अनुसार निकाल्न र भुक्तानी गर्ने मिल्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । ज्ञापन पत्र बुझ्दै निर्देशक सुवेदीले प्राप्त भएको ज्ञापन पत्र यथाशक्य चाडो नेपाल राष्ट्र बैंकमा पुर्याउने र सुधारको लागि आफूले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ९ : २३ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ