१८ श्रावण २०८३, सोमबार | August 3, 2026

अवदेखि यी २५ सेवामा बन्द हड्ताल गर्न निषेध (सूचनासहित)



बुटवल । सरकारले २५ वटा कार्यलाई आवश्यक सेवाकारुपमा ब्याख्या गर्दै बन्द हड्ताल गर्न निषेध गरेको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले २५ वटा सेवाहरुमा बन्द, हड्ताल गर्न निषेध गरेको हो ।

सरकारले प्रकाशन गरेको राजपत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा, हवाई अङ्गा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राखे, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरु कुनै सैनिक सर(सामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा, सञ्चार सेवाम बन्द हड्ताललाई निषेध गरिएको उल्लेख गरिएको छ ।

त्यसैगरि आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवा, पेट्रोलियम पदार्थ (एल.पि ग्याँस समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरु), औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवामा पनि हड्ताललाई प्रतिबन्ध लगाएको छ ।

राजपत्रको सूचनाका अनुसार फोहोरमैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन, मास्क सम्बन्धी सेवा, हह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, तथा ईन्टरनेट सेवामा पनि बन्द हड्ताललाई निषेध गरिएको छ ।

सरकारले आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरि उल्लेखित सेवामा हड्ताल निषेध गरेको जनाएको छ । सो ऐनमा सार्वजनिक हितको लागि आवश्यक एवं उचित लागेमा सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएको कुनै आवश्यक सेवामा हडताल निषेध गर्न सक्ने ब्यवस्था रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : १३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क