४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

सूर्तीजन्य पदार्थ बिक्रि रोक्ने निर्णय कार्यान्वयन नगर्न कामपालाई उच्च अदालतको आदेश



काठमाडौं । सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म निर्णय कार्यान्वयन नगर्ने काठमाडौं महानगरलाई आदेश दिएको हो ।

महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र सूर्तीजन्य पदार्थको विक्रि वितरण गर्न मंसिर १२ गते रोक लगाउने निर्णय गरेको थियो । यही मंसिर २७ गतेबाट महानगरले निर्णय कार्यान्वयन गर्न सुरु गरेको थियो । तर महानगरको मंसिर १२ को निर्णय विरुद्ध श्रीराम टोवागो उद्योगले उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

अदलतको आदेशमा कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुन सक्ने अवस्था देखिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : १७ बजे

मुग्लिन-मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश