४ पुस २०८२, शुक्रबार | December 20, 2025

सूर्तीजन्य पदार्थ बिक्रि रोक्ने निर्णय कार्यान्वयन नगर्न कामपालाई उच्च अदालतको आदेश



काठमाडौं । सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म निर्णय कार्यान्वयन नगर्ने काठमाडौं महानगरलाई आदेश दिएको हो ।

महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र सूर्तीजन्य पदार्थको विक्रि वितरण गर्न मंसिर १२ गते रोक लगाउने निर्णय गरेको थियो । यही मंसिर २७ गतेबाट महानगरले निर्णय कार्यान्वयन गर्न सुरु गरेको थियो । तर महानगरको मंसिर १२ को निर्णय विरुद्ध श्रीराम टोवागो उद्योगले उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

अदलतको आदेशमा कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुन सक्ने अवस्था देखिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको