४ पुस २०८२, शुक्रबार | December 20, 2025

युवाहरुमा देखिएका निरासा अन्त्य गर्न युवामैत्री निती, कानुन र योजना आवश्यक : सभामुख घिमिरे



बुटवल । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवाको पक्षमा कानुन बनाउन नेपालको संसद प्रतिबद्ध रहेको बताएका छन् । नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनको बुटवलमा उद्घाटन गर्दै सभामुख घिमिरेले युवाहरुमा देखिएका निरासा अन्त्य गर्न युवामैत्री निती, कानुन र योजना निर्माण गर्नुपर्ने बताएका छन ।

उनले जेसिजका कतिपय अभियानहरु राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गर्दै जेसिजको मुल्य मान्यता अझै बढि पारिपालन गर्नुपर्ने आवश्यकता सबैमा रहेको बताए । सभामुख घिमिरेले जेसिजमा एक पटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य संघ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गरे ।

उनले १८ बर्षदेखि ४० बर्ष उमेर हद लागू गरिनु आफैमा राम्रो पक्ष भएको भन्दै नेपाली राजनीतिमा ६० बर्ष उमेर काटेपछि पनि युवा नेता भन्ने परिपाटीलाई जेसिजबाट पाठ सिक्नुपर्ने बताए ।‘राजनीतिमा जस्तो ६० काटेपछि पनि युवा नेता भन्ने यहाँ हुदैन, जुन हाम्रो पक्ष हो ।’ उनले भने ।

उनले युवाहरुमा उच्च शिक्षाको लागि, रोजगारीको लागि युवा विदेशीने परिपाटी रहेको भन्दै यस्तो परिपाटी रोक्नको लागि सबैले पहल गर्नुपर्ने बताए । युवाहरुको अन्तरिनिहत प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा शक्ति बस्न पाउने गरी व्यवस्था गर्नुपर्ने बताए ।

नेपाल जेसिजका पुर्व अध्यक्ष तथा महाधिवेसन निर्देशक जगतबहादुर पोखरेलले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको बिकास हुनुपर्ने बताए ।

बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल मा जेसिजको महाधिवेसनले राष्ट्रिय सन्देश दिएको बताए । युवावर्गले देश छाड्ने नभइ राजनीतिमा आउन उनको आग्रह छ ।

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धर,प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, बिष्णु पन्थी, पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल,पत्रकार ऋषि धमला, बुटवल शाखा अध्यक्ष हरिबिक्रम कुवर, लगायतले महाधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

सो अबसरमा बुटवलको ५० औ वर्ष पुगेको अवसरमा प्रकाशित स्मारिका, नेपाल जेसीजको डिजिटल स्मारिका बिमोचन गरिनुका साथै १० जना उत्कृष्ट युवालाइ नगद सहित सम्मान गरिएको थियो । महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि सहभागी रहेका छन् । जसको १ हजार ४७६ मतभार रहेको छ । पौष २ गते सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १० : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको