५ जेष्ठ २०८३, मंगलबार | May 20, 2026

युवाहरुमा देशभक्तिपुर्ण भावनामा कमी आएको प्रति चिन्ता ब्यक्त



बुटवल । नेपाल परिवार बिहिन अवस्थामा पुग्ने तर्फ गएको भन्दै बद्धिजिवीहरुले सरोकारवालाहरुलाई सचेत बनाएका छन् । उनीहरुले देशभित्र सन्तानहरु नै नबस्ने अवस्थामा देश पुगेको भन्दै युवालाई देशभित्रै रोक्ने तर्फ सरकारले कार्यक्रम नल्याएको आरोप पनि लगाएका छन् ।

बुटवलमा जारी नेपाल जेसीजको ५० ओैं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित थिम सेमिनारमा बोल्ने बिषयगत बिज्ञहरुले युवाहरुले आलोचनात्मक चेत राख्न सक्ने हुनु पर्ने भन्दै अहिले मुलुकलाई समाज रुपान्तरण गर्न सक्ने युवाको खाँचो रहेको बताए । बक्ताहरुले युवाहरुमा देशभक्तिको भावना कमजोर हुँदै गएको भन्दै चिन्ता ब्यक्त गरे ।

महाधिवेशनको दोस्रो दिनको आयोजित थिम सेमिनारमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले मुलुक परिवारबिहिन र सन्तान बिहिन हुने अवस्थातिर गएको बताए । उनले नेपाल छाड्ने युवापुस्ता दैनिक बढ्दै गईरहेको र रोजगारी सिर्जना गर्ने र युवालाई स्वदेशमै रोक्न सरकारले भूमिका नखेलेको आरोप लगाए । भण्डारीले नेपालको मुख्य रोग नै भ्रष्टाचार र गरिबी रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारीलाइ कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । भ्रष्टाचार गर्नेहरुलाई उनीहरूका सातपुस्तासम्म पनि समाजले नछाड्ने दाबि पनि भण्डारीले गरे।

युवापुस्तामा हरेक कुराको भिजन र सपना हुनुपर्ने उल्लेख गर्दै उनले बिचार नहुने युवा नै नहुने बताए । भण्डारीले अब मुलुकको योगदानका लागि जलन अस्पताल बनाउन जेसीजलाइ आग्रह गरे।

नेकपा एमालेका युवा नेता ठाकुर गैरेले समाज रूपान्तरण गर्न सक्ने युवा अहिलेको आवश्यकता रहेको बताउँदै युवा शक्तिलाई रोजगारी दिएरकृषि,पर्यटन,शिक्षामा फड्को मार्नुपर्ने बताए । यथास्थिति तोड्दै आलोचनात्मक चेत राख्न सक्ने ब्यक्ति नै युवा हुने उल्लेख गर्दै युवाहरूलाइ देश छाड्ने रोग लागेको टिप्पणी गरे । उनले आम युवानहरुलाई बिदेशी मोह त्याग्न आग्रह पनि गरे। पछिल्लो पुस्तामा देशभक्तिको भावना कमजोर भएको उनको आरोप छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले जनप्रतिनिधि र जनता बीचको दुरी घटाउनुपर्ने र मिलेर काम गर्नुपर्ने उल्लेख गरिन् ।

नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेलले परिवार नै सबैभन्दा ठुलो विश्वविद्यालय भएको उल्लेख गर्दै मानव बिकासको आधारभूत आवश्यकता शिक्षा र परिवाररहेको बताए । सहनशीलता आफ्नै आमाबाट सिकेको स्मरण गर्दै पौडेलले बांडेर खाएकोले सुगन्ध छर्ने र एक्लै खाने दुर्गन्धित हुने तर्क गरे । सन्ततीलाई सहि शिक्षा र संस्कार दिनुपर्ने पौडेलको भनाइ छ ।

यसैगरी महाधिवेशनमा आज नै बिजनेट टक कार्यक्रम सम्पन्न भएको छ । बिजनेट टकमा मुक्तिनाथ बिकास बैकका अध्यक्ष भरत ढकाल, खल्ती एपका डाईरेक्टर अमित अग्रवाल, उद्योग बाणिज्य संघ मोरङका पुर्व अध्यक्ष सुयोस प्याकुरेल, स्वतन्त्र उर्जा उत्पादक संघमा अध्यक्ष एवं मरिससका महाबाणिज्यदुत गणेश कार्की लगायतले बोलेका थिए।

‘सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश’ भन्ने मुल नाराका साथ मंसिर २९ देखि सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गरेर २ गते समापन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : ४९ बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै