७ पुस २०८२, सोमबार | December 22, 2025

शोषणमा परेको भन्दै महिला न्यायधीशले नै भारतीय अदालतमा इच्छा मृत्युका लागि दिइन निवेदन



नयाँदिल्ली। उत्तर प्रदेशको बांदा जिल्लाकी महिला न्यायाधीशले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति मागेकी छिन् ।

यो कुरा बाहिर आएपछि उत्तर प्रदेशसहित भारत भरी हलचल मच्चिएको छ । सामाजिक सञ्जालमा पनि सनसनी फैलिएको छ र पीडित अर्पिता साहुको नाम सामाजिक सञ्जालमा चर्चामा छ । उनले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति माग्दै पत्र लेखेकी हुन् ।

महिला न्यायाधीशले सर्वोच्च अदालतमा लेखेको पत्रमा आफूले भोगेको शोषणको उल्लेख गरेकी छन् । उनले आफूमाथि अन्याय भएको बताएकी छिन तर यस विषयमा प्रहरीले अहिलेसम्म कुनै कारबाही गरेको छैन् ।

बन्दाको बबेरु तहसीलमा सिभिल न्यायाधीश पदमा कार्यरत अर्पिता साहुले एक चिठ्ठी लेखेर न्यायाधीश र उनका सहकर्मीले उनलाई राती घर आउन दबाब दिने गरेको अवस्था सुनाएकी छिन् । जसका कारण उनी शारीरिक र मानसिक शोषणमा परेकी छिन र त्यसपछि न्यायको माग गर्दा कूनै पनि सुनुवाइ भएको छैन् ।

‘डेढ वर्ष बितिसक्दा पनि ममाथि भएको अन्यायको कसैलाई वास्ता नभएकोले जीवन नरहने निर्णय गरेको छु । म अब बाँच्न चाहन्न। त्यसैले म सर्वोच्च अदालतबाट इच्छामृत्युको अनुमति माग्छु,’ उनले भनेकी छिन् ।

सर्वोच्च अदालतले ८ सेकेण्डमै खारेज गरेको रिट निवेदन

अर्पिता साहुले सर्वोच्च अदालतबाट इच्छामृत्युको अनुमति माग्दै आफूले सन् २०२२ मा इलाहाबाद हाईकोर्टका मुख्य न्यायाधीशसमक्ष उजुरी पनि गरेको तर न्याय नपाएको बताइन् । ‘आजसम्म यस विषयमा कुनै कारबाही भएको छैन न त कसैले रिस उठेर तिमीलाई के भयो भनेर सोधेको छ’ उनले भनेकी छिन् ।

‘यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो तर ८ सेकेण्डमै सुनुवाइ नगरी मुद्दा खारेज भएको थियो । त्यसैले म अब बाँच्न चाहन्न। जिउँदो लाश झैं मैले डेढ वर्ष न्याय खोजेँ तर आजसम्म न्याय पाएको छैन । म सम्मानजनक इच्छामृत्युको लागि सर्वोच्च अदालतबाट अनुमति माग्दछु। मेरो जीवन अस्वीकार होस्,’ उनले अगाडी भनेकी छिन् ।

अर्पिताले लेखेकी छिन्, ‘मैले निकै उत्सुकताका साथ न्यायिक सेवा रोजेँ । न्यायबाट वञ्चित सबैलाई न्याय दिन्छु भन्ने विश्वास थियो तर एक दिन न्याय माग्नै पर्छ भन्ने थाहा थिएन । मलाई फोहोर ठानिन थाल्यो, त्यसपछि मैले आफुलाई धेरै बेकार र असहाय ठान्न थालें । म भित्रबाट टुटेको छु। मैले जनतालाई न्याय दिने सोचेको थिएँ तर म गलत सावित भएँ ।’

उनले अगाडि भनेकी छिन, ‘म भारतका नारीहरूलाई भन्न चाहन्छु कि शारीरिक शोषणको साथ बाँच्न सिक्नुहोस्, यो जीवनको सत्य हो । कानुन र ऐन नाम मात्रको छ । शोषित भए पनि सुनुवाइ भएन भने बिर्सिदेउ । यसले कसैलाई केही फरक पर्दैन। यदि कुनै महिलाले व्यवस्था विरुद्ध लड्न सक्छु भन्ने सोच्नुहुन्छ भने जान्नुस् म न्यायाधीश बनेर आफूमाथि भएको शोषणको न्याय पाउन सक्दिनँ भने तिमीले पनि पाउन सक्दैनौ ।’

मिडिया रिपोर्टका अनुसार अर्पिता साहु अदालतमा हुँदा बाराबंकी बारका महासचिव रितेश मिश्रासँग उनको विवाद भयो र उनले उनको अदालत बहिष्कार गरे। त्यसपछि यो विषयले गति लियो । पछि यो कुरा जिल्ला न्यायाधीश समक्ष पुगेपछि उनले महिला न्यायाधीशलाई गाली गरेका थिए । जसका विरूद्द उनले मुद्दा चलाइन तर सफल भइनन ।

त्यसपछि उनले इच्छामृत्यु रोजेकी हुन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  २ : ०१ बजे

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ