२८ भदौ २०८३, आइतबार | September 13, 2026

राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडीलाई फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति



काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका उदयीमान ५ क्रिक्रेट खेलाडीहरुलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति दिने भएको छ ।

कलेज नेटवर्कका निर्देशक राजु टण्डनले राष्ट्रिय टिमका ब्याट्सम्यान कुशल मल्ल, विवेक यादव, पवन शराफ, मौषम ढकाल र प्रतिश जिसीलाई ४ वर्षे बिबिए अध्ययनको लागि पूर्व छात्रवृत्ति प्रदान गरेको बताए ।

निर्देशक टण्डनले राष्ट्रिय क्रिकेट खेलाडीहरुले खेल मैदानमा देखाएको प्रदर्शन, समर्पण र सीपलाई पुरष्कृत गर्न यो छात्रवृत्ति प्रदान गरेको र छात्रवृत्तिले खेलाडीहरूको खेलजीवन र शैक्षिक जीवनलाई जोड्ने विश्वास कलेजले लिएको बताए ।

फिनिक्स कलेजले यस अघि राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोर, सूर्य तामाङ, भिम सार्कीलाई ४ वर्षे बिबिए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो । कलेजले खेलकुद मार्फत अन्तराष्ट्रिय जगतमा राष्ट्रलाई गौरवान्वित बनाएका खेलाडीहरुको शैक्षिक यात्रामा सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएको छ ।

काठमाडौंको मैतीदेवीमा अवस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एम.बी.ए. तथा वि.वि.ए. कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो । हाल कलेजमा लिङ्कन विश्वविद्यालय अन्तर्गतका एमबीए, बिबिए, बिएचएम, एमसीएस र बिआइटी कार्यक्रम संचालित छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ३१ बजे

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती