१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

गण्डकीसँग पर्यटन र व्यापारमा सहकार्य विस्तार गर्न पाकिस्तान इच्छुक



पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी प्रदेशसँग पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप र व्यापारका क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका छन्।

राजदूत खानले पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग शिष्टाचार भेट गर्दै नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका हुन्।

पाकिस्तानको नेपालस्थित दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार भेटमा गण्डकी प्रदेश र विशेषगरी पोखरासँग विभिन्न क्षेत्रमा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो। पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप तथा व्यापारलाई सहकार्यका प्रमुख क्षेत्रका रूपमा छलफल गरिएको थियो।

यसै क्रममा राजदूत खानले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष उमराज बास्तोलासँग पनि भेटवार्ता गरेका छन्। भेटमा नेपाल र पाकिस्तानबीचको व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

छलफलमा निजी क्षेत्रबीचको व्यावसायिक सम्बन्ध विस्तार (बीटुबी), द्विपक्षीय व्यापार प्रवर्द्धन तथा पारस्परिक आर्थिक हितका क्षेत्रमा सहकार्यका नयाँ अवसर खोज्ने विषयमा जोड दिइएको दूतावासले जनाएको छ।

राजदूत खानले नेपाल र पाकिस्तानबीच लामो समयदेखि रहँदै आएको मित्रवत् सम्बन्ध तथा दुवै देशको साझा सांस्कृतिक, बौद्ध र हिन्दू सम्पदाको महत्त्वसमेत उल्लेख गरेका थिए। उनले सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्नुका साथै जनस्तरको सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ५ : १९ बजे

Pakistan Seeks Stronger Economic and Tourism Cooperation with Gandaki Province

Pokhara: Pakistan has expressed interest in expanding cooperation with Gandaki

गण्डकीसँग पर्यटन र व्यापारमा सहकार्य विस्तार गर्न पाकिस्तान इच्छुक

पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी

आईजीपी हटाउने निर्णयमा रास्वपा पार्टी र सरकारको भनाइ बाझियो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने

बर्खास्त आईजीपी कार्की सर्वोच्च जाने मुडमा

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर

आफूलाई आइजिपीबाट हटाउने बालेनको सुरक्षा सल्लाहकार खालान् कार्की ?

काठमाडौं । सरकारले ३० वर्षपछि प्रहरीमा अर्को ‘कू’ गरेको छ