४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नेपालगन्जमा सोल्टी वेस्टण्डले न्यु इयर इभ गर्दै, नेपालगन्जमा पहिलो पटक मंगोलियन हार्टको प्रस्तुती हुने



नेपालगन्ज । अंग्रेजी नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आयोजना गर्न लागेको ‘न्यु इयर इभ–२०२४’ मा नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हर्ट’ को प्रस्तुती रहने भएको छ । नेपालगन्जमा पहिलो पटक इभ मार्फत गायक राजु लामा सहित मंगोलियन हर्ट ब्यान्डको प्रस्तुती गर्ने भएको हो ।

आयोजक सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आइतबार पत्रकार सम्मेलन गर्दै न्यु इयर इभ–२०२४ मा मंगोलियन हर्ट ब्यान्ड सहित इभलाई अझ आकर्षक बनाउन अन्य ख्यातीप्राप्त कलाकारले पनि प्रस्तुती दिने जानकारी दिएको छ । ओयोजक सोल्टी वेस्टण्ड प्रिमियरका अनुसार आगामी पुष १५ गते साझ हुने कार्यक्रमको सुरुआतमा काठमाडौंको ‘सोल अफ मेलोडी’ को प्रस्तुती रहने छ भने कार्यक्रमको अन्त्यतिर ‘डिजे शेड’ले नेपालगन्जका दर्शकलाई मनोरञ्जन गराउनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्ज जनरल म्यानेजर राज विक्रम शाहले नेपालगन्जमा मंगोलियन हर्ट जस्तो चर्चित ब्यान्ड सहितको इभ गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए । उनले यस वर्षको न्यू इयर इभ नाफा कमाउने भन्दा पनि नेपालगन्जलाई चिनाउने कार्यक्रमका रुपमा गर्न थालिएको दाबी गरे । धेरैलाई सोल्टीमा हुने कार्यक्रम मंहगो हुन्छ भन्ने लागेपनि यस पटक सबैलको पहुँच सोल्टीसम्म रहने गरि कार्यक्रम गर्न थालिएको उनले जानकारी दिए । उनले निकै कम मुल्यमा यसपटक राम्रो कार्यक्रम गर्ने तयारी गरिएको बताउँदै सबै बर्गका ग्राहक र दर्शकहरु होटल सम्म आउने बातावरण कार्यक्रमले दिने विश्वास ब्यक्त गरे । । यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिमा सकारात्मक सन्देश दिन इभ गर्न थालिएको समेत उनले बताए ।

आयोजकका अनुसार बेलुका ६ बजेबाट सुरु भएर राती १२ बजे सम्म चल्ने कार्यक्रममा सहभागि हुन लागि सिंग्गल टिकटको मुल्य २ हजार राखिएको छ । जसमा ३३० एमएलको बियर अथवा सफ्ट ड्रिङग्स पाईनेछ । डोर सेल टिकटको मुल्य २ हजार ५ सय रहेको छ । त्यसमा पनि ३३० एमएलको बियर अथवा सफ्ट ड्रिङग्स अफरका रुपमा दर्शकले पाउनेछन् ।

पत्रकार सम्मेलनमा १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको लागि प्रवेश शुल्क निःशुल्क गरिएको जानकारी गराएको थियो । चर्चित कार्यक्रम संचालक समिरमान श्रेष्ठलाई इभमा उदघोषिका प्रेरणा गिरीले साथ दिने छिन् ।

न्यु एयर इभमा त्यससँगै डोर प्राइज, लाइभ बार एण्ड फुड काउन्टर, फायरवेर्क लगायतका सुविधा रहने सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जका आइटी एण्ड डिजिटल मार्केटिङ एवम् कार्यक्रम संयोजक आकाश कुँवरले जानकारी दिए ।

पत्रकार सम्मेलनमा होटलका मानव संशाधन प्रमुख खम्ब जंग शाह, सेल्स एण्ड मार्केटिङ एसिस्टेन्ट म्यानेजर ज्ञानेन्द्र विष्ट, कार्यक्रम संयोजक आकाश कुवर र चिफ इन्जिनियर रमेश केसीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ५८ बजे

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि