५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेपालगन्जमा सोल्टी वेस्टण्डले न्यु इयर इभ गर्दै, नेपालगन्जमा पहिलो पटक मंगोलियन हार्टको प्रस्तुती हुने



नेपालगन्ज । अंग्रेजी नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आयोजना गर्न लागेको ‘न्यु इयर इभ–२०२४’ मा नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हर्ट’ को प्रस्तुती रहने भएको छ । नेपालगन्जमा पहिलो पटक इभ मार्फत गायक राजु लामा सहित मंगोलियन हर्ट ब्यान्डको प्रस्तुती गर्ने भएको हो ।

आयोजक सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आइतबार पत्रकार सम्मेलन गर्दै न्यु इयर इभ–२०२४ मा मंगोलियन हर्ट ब्यान्ड सहित इभलाई अझ आकर्षक बनाउन अन्य ख्यातीप्राप्त कलाकारले पनि प्रस्तुती दिने जानकारी दिएको छ । ओयोजक सोल्टी वेस्टण्ड प्रिमियरका अनुसार आगामी पुष १५ गते साझ हुने कार्यक्रमको सुरुआतमा काठमाडौंको ‘सोल अफ मेलोडी’ को प्रस्तुती रहने छ भने कार्यक्रमको अन्त्यतिर ‘डिजे शेड’ले नेपालगन्जका दर्शकलाई मनोरञ्जन गराउनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्ज जनरल म्यानेजर राज विक्रम शाहले नेपालगन्जमा मंगोलियन हर्ट जस्तो चर्चित ब्यान्ड सहितको इभ गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए । उनले यस वर्षको न्यू इयर इभ नाफा कमाउने भन्दा पनि नेपालगन्जलाई चिनाउने कार्यक्रमका रुपमा गर्न थालिएको दाबी गरे । धेरैलाई सोल्टीमा हुने कार्यक्रम मंहगो हुन्छ भन्ने लागेपनि यस पटक सबैलको पहुँच सोल्टीसम्म रहने गरि कार्यक्रम गर्न थालिएको उनले जानकारी दिए । उनले निकै कम मुल्यमा यसपटक राम्रो कार्यक्रम गर्ने तयारी गरिएको बताउँदै सबै बर्गका ग्राहक र दर्शकहरु होटल सम्म आउने बातावरण कार्यक्रमले दिने विश्वास ब्यक्त गरे । । यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिमा सकारात्मक सन्देश दिन इभ गर्न थालिएको समेत उनले बताए ।

आयोजकका अनुसार बेलुका ६ बजेबाट सुरु भएर राती १२ बजे सम्म चल्ने कार्यक्रममा सहभागि हुन लागि सिंग्गल टिकटको मुल्य २ हजार राखिएको छ । जसमा ३३० एमएलको बियर अथवा सफ्ट ड्रिङग्स पाईनेछ । डोर सेल टिकटको मुल्य २ हजार ५ सय रहेको छ । त्यसमा पनि ३३० एमएलको बियर अथवा सफ्ट ड्रिङग्स अफरका रुपमा दर्शकले पाउनेछन् ।

पत्रकार सम्मेलनमा १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको लागि प्रवेश शुल्क निःशुल्क गरिएको जानकारी गराएको थियो । चर्चित कार्यक्रम संचालक समिरमान श्रेष्ठलाई इभमा उदघोषिका प्रेरणा गिरीले साथ दिने छिन् ।

न्यु एयर इभमा त्यससँगै डोर प्राइज, लाइभ बार एण्ड फुड काउन्टर, फायरवेर्क लगायतका सुविधा रहने सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जका आइटी एण्ड डिजिटल मार्केटिङ एवम् कार्यक्रम संयोजक आकाश कुँवरले जानकारी दिए ।

पत्रकार सम्मेलनमा होटलका मानव संशाधन प्रमुख खम्ब जंग शाह, सेल्स एण्ड मार्केटिङ एसिस्टेन्ट म्यानेजर ज्ञानेन्द्र विष्ट, कार्यक्रम संयोजक आकाश कुवर र चिफ इन्जिनियर रमेश केसीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ५८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं