३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

अब कांग्रेसका कार्यकर्ताले अन्य दललाई मतदान गर्न पर्दैन : गगन थापा



पर्वत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने बताएका छन् ।

गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको बताउँदै थापाले २०८४ को चुनावमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरे ।

नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई आज कुश्माबजारमा सम्बोधन गर्दै थापाले गठबन्धनको संस्कृति नै हटाउनुपर्ने बताए । उनले चुनाव अघि साना ठूला कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । दलहरु एक्लाएक्लै चुनाव लड्दा कांग्रेस, एमाले, माओवादी कोही पनि डराउनु नपर्ने बताउनुभयो ।

उनले गठबन्धनका कारण कांग्रेसको अस्तित्व नै समाप्त हुने बताउँदै थापाले भने, “बरु कांग्रेस सकिन्छ तर कसैसँग पनि गठबन्धन गर्दैन ।” थापाले प्रधानमन्त्री प्रचण्डले सन्तोषजनक काम गर्न नसकेको बताए । कांग्रेसले समर्थन गरेको भए पनि आम नेपालीले आशा र भरोसा गर्नेगरी सरकारले काम गर्न नसकेको उनले बताए ।

कांग्रेसका सांसदले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए। अब एक वर्ष दाहाल नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके कांग्रेसले समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।

प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाले बताउनुभयो । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम ग¥यो भनेर भन्न नसकिने उनको भनाइ छ । अब एमालेलाई नेतृत्वमा पु¥याउन नहुने महामन्त्री थापाले बताए। केपी ओली नेतृत्वमा पुगे पुन संसद् विघटन गर्ने उनले बताए । महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका नौ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने बताए ।

जनतालाई सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्दै निर्मूल पार्ने जिम्मा आएको उनले बताए । “भ्रष्टाचारको न्यूनीकरण गर्दै निर्मूल गर्ने र जनतालाई सुशासन दिने नै हो”, उनले भने, “ वर्तमानमा कांग्रेस नागरिकको उत्तर दिने ठाउँमा पुगेको अवस्था छ ।” महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकारले सुन तस्करीलाई रोक्ने अवस्थामा ल्याउनुपर्ने बताए। समिति बनाई त्यसको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्नेमा उनको जोड थियो । महामन्त्री थापाले भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्ने बताए ।

कांग्रेसलाई बलियो पार्टी बनाउनका लागि केन्द्रीय नेतृत्वदेखि वडा तहसम्म पुनर्जागरण ल्याउन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेसले अन्य दलहरुले चलाएको जस्तो मिसन २०८४ जस्तो आगामी चुनावका चिन्ता नलिईकन सङ्गठन निर्माणमा जुट्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेसलाई मजबुत बनाउनका लागि सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : १० बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये