३० श्रावण २०८३, शनिबार | August 16, 2026

राप्रपा नेपालले देशका सात स्थानमा क्षेत्रीय भेला र प्रशिक्षण गर्ने



काठमाडौं । राप्रपा नेपालले मुलुकका सात स्थानहरुमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन र प्रगति समिक्षा पनि गरेको छ ।

अध्यक्ष कमल थापाले बैठकमा बोल्दै अहिलेको व्यवस्था असफल सावित भैसकेकोले यो त्रुटिपूर्ण मार्गचित्रबाट मुकुकले निकास पाउन नसक्ने विश्लेषण गर्दै नयाँ जनआन्दोलनको आबश्यकतामा जोड दिए । थापाले आन्दोलनलाई सफल बनाउन बृहत राष्ट्रबादी प्रजातान्त्रिक मोर्चाको निर्माण आबश्यक भएकोले मोर्चा निर्माणमा पार्टीले तदारुकता देखाएको र यसलाई निष्कर्षमा पुर्याउन सबैको सकारात्मक भुमिका र पहल आवश्यक रहेको चर्चा गरेका छन् ।

कार्यक्रम अनुसार मध्यमाञ्चलको पौष १२ गते काठमाडौंमा, तराई मधेस क्षेत्रको १६ गते जनकपुरमा, मध्यपश्चिमको पौष १८ गते बुटवलमा, कर्णालीको पौष २० गते सुर्खेतमा र सुदुरपश्चिमको २२ गते कंचनपुरमा भेला र प्रशिक्षण कार्यक्रम आयोजना गरिने मिति तय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार पश्चिमान्चलको र पुर्वान्चलको मिति पछि तय गरिने छ ।

उपत्यका भित्र भक्तपुरमा आगामी पौष १४ गते जिल्ला कार्य समितिले सभा आयोजना गर्ने समेत पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : १३ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो