१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : सभापति देउवा



त्रिशूली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई आज विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताए ।

“अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछिपरेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ । तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न,” उनले भने, “निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छौँ ।”

कांग्रेस सभापति देउवाले आफ्नो पाटीभित्र घात अन्तरघात कायम रहेको भन्दै असन्तुष्टि जनाए । “कांग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म छ । घात गर्नेलाई कारबाही गरौँभन्दा दिँदैनन्,” उनले भने, “पार्टीलाई हराभर बनाएर ठूलोमात्र होइन, बहुमत प्राप्त दल बनाउन सबैको साथ हुनुपर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कांग्रेस भित्रको गुटउपगुट हटाई पार्टी एकढिक्का भए अर्को चुनावमा बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टी अहिले पनि बलियो अवस्थामा रहेको भन्दै आन्तरिक घात गर्नेबाट पार्टीलाई कमजोर बनाएको आरोप लगाए । “कांग्रेस अहिले पनि मजबुद छ । सङ्गठन चुस्त बनाएर लगे कसैले हराउन सक्दैन ।”

वरिष्ठ नेता कोइरालाले भने, “आफ्नै छायासँग डर लाग्छ । आफ्नै साथीसँग सुरक्षित हुन चुनौती छ ।” उहाँले पार्टीलाई सुधार गरेर अघि बढाउनलाई पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिबीच सहकार्य हुन आवश्यक रहेको सुझाव दिए ।

सम्मेलनमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सञ्चालनमा व्यक्ति हाबी भएको आरोप लगाए । “पार्टीको जिम्मेवारीदेखि अर्को दलले नेतृत्व गरेको सरकारमा जान हुने कि नहुने, जाने हो भने कसलाई कुन जिम्मेवारीमा पठाउने भन्नेमा एक पक्षीय निर्णय भइरहेको छ,” केसीले भने, “सरकारमा सहभागी मन्त्रीहरुका काण्डहरुको समीक्षा हुनुपर्छ । पार्टी सुधार्न सके देश सञ्चालनमा सुधार आउँछ ।”

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सरकारले प्रभावकारी र जनअपेक्षाअनुसार काम गर्दै आइरहेको दाबी गरे । “राज्यको सीमित स्रोत र साधनमा जनताको असीमित आवश्यकता पूरा गर्दै आइरहेका छौँ,” अर्थमन्त्रीसमेत रहेका प्रवक्ता महतले भने, “सरकारको राम्रो कामको प्रचार गरौँ, अनावश्यक टिप्पणी गरेर जनतालाई भ्रमित बनाउन दल भित्रैबाट भइरहेको कदम बन्द गर्नुपर्छ ।” कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले कांग्रेसको सहभागितामा केन्द्रदेखि प्रदेशसम्मको सरकार सञ्चालनमा जनहितका कामहरु प्रशस्त भएको दाबी गरे ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेस सभापति इन्द्र बानियाँ, नुवाकोटका पूर्वसभापतिहरु जगदीश्वरनरसिंह केसी, धुव्रप्रसाद अधिकारी लगायतले निर्वाचनमा गठबन्धन, सरकारमा सहभागीलगायत विषयमा पार्टीको तल्लो तहबाट जनमत लिएर मात्रै निर्णय गर्नुपर्ने सुझाव दिए ।

आजदेखि सुरु भएको कांग्रेस नुवाकोटको सम्मेलन बन्दसत्रमा पेस भएका जिल्लाको राजनीतिक तथा साङ्गठानिक विषयमा छलफल गर्दै सम्पन्न हुने जिल्ला सभापति रमेशकुमार महतले जानकारी दिए । राज्य पुनःसंरचनापश्चात् कांग्रेसले यो पहिलोपटक जिल्ला सम्मेलन गर्न लागेको हो ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ०३ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary