७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवलको होराइजन चोकमा ‘नेफिस्यो एस्प्रेस्सो एकेडेमी’ संचालन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ होराइजन चोकमा नेफिस्यो एस्प्रेस्सो एकेडेमी संचालनमा आएको छ । २० लाख लगानीमा २६ वर्षीय नविन अधिकारीले बुटवल ११ होराइजन चोकमा नेफिस्यो एस्प्रेस्सो एकेडेमी संचालनमा ल्याएका हुन् ।

विभिन्न स्थानमा काम गरेको अनुभवलाइ स‌ंगालेर उनले आफ्नै लगानीमा एकेडेमी संचालन गरेका हुन । उनको एकेडेमीमा अहिले खासगरि बारिष्टा (कफी बनाउने) ट्रेनिङ र सुसी (जापनीज खाना) बनाउने तालिम चलि रहेको छ । उनले भने – ‘मैले सन् २०१९ बाट सिकाउन थालें, डेढ वर्षदेखि होराईजन चोकमा चलाएको छु, होटलहरुमा कामका लागि विदेश जानेहरुले यो कोर्ष तालिम अनिवार्य नै छ ।’

२० प्रतिशत थ्योरी, ८० प्रतिशत प्राक्टिकल गरेर सिकाइने उनको भनाइ छ । उनले डेढ वर्षमा करिब ३ सय जना विद्यार्थीलाई सिकाइसकेको बताए ।

बारिष्टा, सुसि (जापनीज खाना) १ महिने कोर्ष दैनिक २ घण्टा, यसमा बेसिक, एडभान्स र प्रोफेसनल तालिम चलाउने गरेको उनले सुनाए । सुसितर्फ सेफ सुरज जर्गाले तालिम दिने गरेका छन् ।

बारिष्टालाइ मासिक २० हजार शुल्क लाग्ने उनको भनाइ छ । उनले भने – ‘बारिष्टामा आर्ट बढी महत्वपूर्ण हुन्छ विदेश जानेहरु सीप नसिकी जाँदा समस्या हुन्छ, कमाइ पनि कम हुन्छ ।’

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ३१ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले