३१ भदौ २०८३, बुधबार | September 16, 2026

बुटवलको होराइजन चोकमा ‘नेफिस्यो एस्प्रेस्सो एकेडेमी’ संचालन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ होराइजन चोकमा नेफिस्यो एस्प्रेस्सो एकेडेमी संचालनमा आएको छ । २० लाख लगानीमा २६ वर्षीय नविन अधिकारीले बुटवल ११ होराइजन चोकमा नेफिस्यो एस्प्रेस्सो एकेडेमी संचालनमा ल्याएका हुन् ।

विभिन्न स्थानमा काम गरेको अनुभवलाइ स‌ंगालेर उनले आफ्नै लगानीमा एकेडेमी संचालन गरेका हुन । उनको एकेडेमीमा अहिले खासगरि बारिष्टा (कफी बनाउने) ट्रेनिङ र सुसी (जापनीज खाना) बनाउने तालिम चलि रहेको छ । उनले भने – ‘मैले सन् २०१९ बाट सिकाउन थालें, डेढ वर्षदेखि होराईजन चोकमा चलाएको छु, होटलहरुमा कामका लागि विदेश जानेहरुले यो कोर्ष तालिम अनिवार्य नै छ ।’

२० प्रतिशत थ्योरी, ८० प्रतिशत प्राक्टिकल गरेर सिकाइने उनको भनाइ छ । उनले डेढ वर्षमा करिब ३ सय जना विद्यार्थीलाई सिकाइसकेको बताए ।

बारिष्टा, सुसि (जापनीज खाना) १ महिने कोर्ष दैनिक २ घण्टा, यसमा बेसिक, एडभान्स र प्रोफेसनल तालिम चलाउने गरेको उनले सुनाए । सुसितर्फ सेफ सुरज जर्गाले तालिम दिने गरेका छन् ।

बारिष्टालाइ मासिक २० हजार शुल्क लाग्ने उनको भनाइ छ । उनले भने – ‘बारिष्टामा आर्ट बढी महत्वपूर्ण हुन्छ विदेश जानेहरु सीप नसिकी जाँदा समस्या हुन्छ, कमाइ पनि कम हुन्छ ।’

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ३१ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०