२१ माघ २०८२, बुधबार | February 5, 2026

बुटवलका ब्यवसायी राजेन्द्र ध्वजु विरुद्ध राजश्व छली तथा चुहावटको अभियोगमा मुद्दा दायर



बुटवल । राजस्व अनुसन्धान कार्यालय, बुटवलले बुटवलको अमरपथमा संचालनमा रहेको सपना साडी र त्यसका सञ्चालक राजेन्द्र प्रसाद ध्वजु विरुद्ध राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

राजस्व कार्यलय बुटवलले स्थायी लेखा नम्बर ३००२०३४८० रहेको सपना साडी सेन्टरका प्रोपराइटर राजेन्द्र प्रसाद ध्वजू विरुद्ध रु. ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ बिगो तथा त्यसको शतप्रतिशत जरिवाना माग गरी उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो ।

गत वर्षको फागुन २ गते राजस्व अनुसन्धान कार्यालय, बुटवलले विशेष सूचनाका आधारमा अमरपथमा रहेको सपना साडी सेन्टरको पसल तथा गोदाममा छापा हानेरे पसलको मालवस्तुको मौज्दात विवरण, खरीद/विक्री खाता, स्टक बुक, बिलका अर्धकट्टी नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

कार्यालयले पसल तथा गोदाममा केही मालवस्तु अधिक मात्रामा देखिएकोमा संचालकले खरिद स्रोत देखाउन नसकेको र केही मालवस्तु खरिद भन्दा विक्री बढी गरेको देखिएको भन्दै अनुसन्धान थालेको थियो ।

अधिक रहेको मालबस्तुको भन्सार तर्फको बिगो रु ३ करोड ४ लाख ४३ हजार ९ सय ४३, मूल्य अभिवृद्धी कर(भ्याट) तर्फ रु. १लाख ५४ हजार ५ सय ३६ र न्यून मौज्दात तर्फ रु. २५ लाख ७६ हजार ४५ गरी कूल ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ बिगोसहितको माग दाबी गरी मुद्दा दर्ता गरिएको राजश्व अनुसन्धान बुटवलले जनाएको छ ।

राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२(प्रथम संशोधन) दफा २३(१) बमोजिम बिगो असूल उपर गरी शतप्रतिशत जरिवाना माग दाबी सहित कार्यालयले मुद्दा दायर गरेको छ । साडी सेन्टरका सञ्चालक राजेन्द्र प्रसाद ध्वजु भने कार्यालयले छापा हानेदेखि नै राजश्वको सम्पर्कमा नआएको राजश्व कार्यालयले जनाएको छ । दायर भएको मुद्दामा पनि ध्वजुलाई फरार अभियुक्तकारुपमा प्रस्तुत गरिएको छ ।

कार्यालयले पटक पटक मौखिक तथा लिखितरुपमा कार्यालयमा आउन जानकारी दिंदा समेत नआएको जनाएपनि ध्वजुले भने बुटवलकै बिभिन्न समाजिक कार्यमा सक्रियता देखाइरहेका छन् । ध्वजु रोटरी इन्टरनेशनल ३२९० का डिस्ट्रिक गभर्नर हुन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ५ : ४८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता