२३ चैत्र २०८२, सोमबार | April 6, 2026

राजनीतिमा डेब्यू गर्ने मुडमा कंगना



काठमाडौं । बलिउडमा रहेका विकृतिविरुद्ध स्थापित निर्देशक, अभिनेता, अभिनेत्रीसँग पंगा लिएर विभिन्न मुद्दामा चर्चामा आइरहने भारतीय नायिका कंगना रौनत राजनीतिमा आउने भएकी छिन् ।

फिल्म अभिनयसँगै त्यस क्षेत्रमा देखिएका समस्याका बारेमा आवाज उठाउँदै आएकी उनले अब राजनीतिमा पनि हात हाल्न लागेकी हुन् ।

पछिल्लो समय कंगनाको फिल्मले राम्रो व्यापार गर्न सकेको छैन । फिल्म क्षेत्रका स्थापित हस्तीसँगको विवादले उनी चर्चामा छिन् । यिनै घटनाले उनले निडर अभिनेत्रीको छवि बनाएकी छन् । विशेषतः उनले बलिउडमा देखिएको ‘नेपोटिजम’को विरुद्धमा आवाज उठाउँदै आएकी छिन् ।

कंगनाले आफ्नो तार्किक क्षमता राजनीतिमा सदुपयोग गर्नेमा उनका समर्थक आशावादी छन् । भारतीय मिडियाको दाबीअनुसार उनले सन् २०२४ को लोकसभा चुनावका लागि भारतीय जनता पार्टीबाट टिकट पाउने छिन् ।

कंगना स्वयंले भने यसबारे मुख खोलेकी छैनन् । केही दिनअघि उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, भगवानको कृपा भयो भने अवश्य चुनाव लड्छु ।

पछिल्लो समय उनी राजनीतिमा आउने चर्चा चलिरहेको थियो । उनका बुबा अमरदीप रनौतले उनी राजनीतिमा आउने पुष्टि गरेको समाचार भारतीय मिडियाले उल्लेख गरेका छन् । उनका पिताले कंगना भाजपाबाटै चुनाव लड्ने तयारी भइरहेको समेत जानकारी दिएका छन् ।

भाजपाका राष्ट्रिय अध्यक्षसँग कंगनाको भेट

दुई दिनपहिले कंगनाले भाजपाका राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डासँग कुल्लूमा भेट गरेकी छिन् । यो भेटले उनी राजनीतिमा आउने चर्चालाई थप बढावा दिएको छ ।

कंगनाको परिवार भाजपा निकट भएका कारण पनि यो भेटले चर्चा पाएको हो । यही भेटले उनी राजनीतिमा आउने तय भएको बुझिएको छ । पछिल्लो समय कंगना भाजपाको भातृ संगठन राष्ट्रिय स्वयंसेवक संघको कार्यक्रममा सहभागी भएकी थिइन् ।

कहाँबाट उठ्छिन् कंगना?

अहिलेसम्मको जानकारी अनुसार कंगना चुनावमा उठ्ने मात्रै तय भएको छ । उनका पिताका अनुसार कहाँको टिकट दिने भन्ने कुरा पार्टीले तय गर्न बाँकी छ । कंगनाले गुजरात, उत्तर प्रदेश, महाराष्ट्र, चंडिगढ र हिमाचल प्रदेशमा चुनाव लड्ने चर्चा रहेको छ । यिमध्ये पनि हिमाचलबाट उनी उठ्ने सम्भावना बढी छ ।

कंगना हिमाचल प्रदेशको भावला गाउँमा जन्मे-हुर्केकी हुन् । केही समयअघि उनले मनालीमा घर बनाएकी थिइन् । उनको परिवार पनि मनालीमै स्थायी बसोबास गर्ने भएकाले हिमाचलबाटै टिकट पाउने सम्भावना बढी छ ।

उमेरले ३६ वर्ष पुगेकी कंगना अभिनेत्रीका साथै चलचित्र निर्मातासमेत हुन् । उनले प्रायः हिन्दी चलचित्रमा अभियन गरेकी छिन् । उनले सन् २०२० मा पद्मश्री पुरस्कारसमेत पाएकी छिन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ४५ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती