१८ माघ २०८२, आइतबार | February 1, 2026

बुटवलमा खुल्यो युनिक्याम्पस ग्लोबलको सातौं शाखा



बुटवल । २३ वर्षदेखि शिक्षा परामर्श सेवामा काम गरिरहेको युनिक्याम्पस ग्लोबलको सातौं शाखा बुटवलमा संचालनमा आएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवल शाखाको उद्घाटन गरिदैछ । बुटवलको ट्राफिकचौकका सुविधा सम्पन्न भवनमा विद्यार्थीहरुको लागि शैक्षिक परामर्श प्रदान गर्ने गरी सेवा शुभारम्भ गर्न लागिएको बुटवल शाखा प्रमुख रमेश न्यौपाने जानकारी दिए ।

युनिक्याम्पसले बुटवलमा आज पत्रकार सम्मेलन गरेर युनिक्याम्पस ग्लोबलका बिशेषताहरुको बारेमा जानकारी गराएको हो । खासगरि अष्ट्रेलियामा विद्यार्थीहरुको लागि शैक्षिक परामर्शसहितको सेवा गर्दै आइरहेको युनिक्याम्पस ग्लोबलका चिफ एक्जुकेटिभ अफिसर घनश्याम घिमिरेले बताए ।

युनिक्याम्पस ग्लोबलले अष्ट्रेलियामा स्नातक, स्नातकोत्तर तथा विद्यावनरिधी गर्ने जाने बिद्याथीलाई लक्षित गर्ने गरेको छ । सन् २००१ मा स्थापना भएको युनिक्याम्पस ग्लोबलको शाखा विदेशमा ६ वटा रहेको उनले जानकारी दिए । उनले काठमाडौं सहित नेपालमा सातौं शाखाको रुपमा बुटवलमा शाखा स्थापना गरिएको जानकारी दिदै बुटवलबाट शैक्षिक परामर्स दिनको लागि सबैभन्दा उपयुक्त विकल्प भएको बताए । युनिक्याम्पस काठमाडौंमा मात्रै ४ वटा र चितवनमा २ वटा शाखा रहेका छन् ।

अबको २ वर्षमा २० वटा शाखा बनाउने योजना रहेको सिईयो घिमिरेले जानकारी दिए । युनिक्याम्पस ग्लोबलले मुख्यगरि अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्यूजिल्याण्ड लगायत ६ वटा देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई युनिक्याम्पसले परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

१ सयभन्दा धेरै विश्वविद्यालयसँग आबद्ध रहेको युनिक्याम्पसले हालसम्म १५ हजारभन्दा बढी विद्यार्थीलाई सेवा उपलब्ध गराइसकेको जनाइएको छ ।

सफ्ट एड ग्रुप अन्तर्गत १२ वटा फरकफरक प्रकृतिका कम्पनीहरु संचालनमा रहेका छन् । युनिक्याम्पस ग्लोबलले यसै अन्तर्गतको एउटा कम्पनी हो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ०९ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री