६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

राष्ट्रपति पौडेललाई ९ लाख ९५ हजार थप उपचार खर्च प्रदान



काठमाडौं। नेपाल सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारको लागि थप रकम निकासा दिएको छ । संघीय सरकारको मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति पौडेलको थप स्वास्थ्य उपचार खर्च बापत थप ९ लाख ९५ हजार ९३५ रुपैयाँ निकासा दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपचारको खर्चबापत राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ बमोजिम अर्थ मन्त्रालयले आर्थिक सहायता बापतको रकम निकासा गराएको हो ।

अर्थ मन्त्रालयले इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँको दरले आर्थिक राहत सहायता उपलब्ध गराउन पनि रकम निकासा गरेको छ । इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा पारी १० नेपाली विद्यार्थीहरूको ज्यान गएको थियो ।

नेपाल सरकारको गत असोज २२ गते बसेकोे मन्त्रिपरिषद् बैठकले आक्रमणबाट मृत्यु भएका बिद्यार्थीको परिवार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयले रकम निकासा गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ९ : ५९ बजे

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन