२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्जका मुख्य मासु बजारमा सडेको मासु बेचबिखन



नेपालगन्ज । नेपालगन्ज र त्यस आसपासका मासु पसलहरुमा सडेको खान अयोग्य मासु बेचबिखन हुने गरेको पाइएको छ । लामो समय बजार अनुगमन नगर्ने प्रबृत्तिका कारण ब्यवसायीहरुले मनोमानी खान अयोग्य मासु बेचबिखन गरेका हुन् ।

लामो अन्तरालमा जिल्ला प्रशासन कार्यालयको सक्रियतामा भएको बजार अनुगमनमा २६ केजी खसी र ५७ केजी खान अयोग्य बनिसकेको कुखुराको मासु फेला परेको हो । राजश्व प्रशासन र स्थानीय तहको निश्क्रियताका कारण त्यस्ता मासुपसलहरुले बिल बिजक नराख्ने, फर्म नविकरण नगर्ने तथा मापदण्ड विपरित मासुको कारोबार गर्ने गरेको अनगुमनका क्रममा फेला परेको थियो । त्यस्ता पसलहरुलाई चेतावनी सहित जरिवाना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाएका छन् ।

प्रजिअ पोखरेलका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटिएको सरोकारवाला निकाय सहितको टिमले राँझा र मासुमण्डी बाँके बगिया क्षेत्रका १४ वटा माछारमासु बिक्री पसलको आकस्मिक अनुगमन गर्दा ५ वटामा कैफियत पाइएको थियो ।

पोखरेलले अनुगमनका क्रममा राँझाका न्यु मनिशोभा फ्रेस हाउस, दानिस फ्रेस हाउस र न्यू भेरी मिट एण्ड दाना सप्लायर्सले बिना बिजक कारोबार गर्ने गरेको जनाएका छन् । अनुगमन टोलीले न्यु मनिशोभा फ्रेस हाउसबाट ५० केजी आन अयोग्य मासु बरामद गर्दै बिलरबिजक बिना कारोवार गरेको भन्दै २० हजार जरिवाना गरेको छ । त्यस्तै राँझाका दानिस फ्रेस हाउस र न्यू भेरी मिट एण्ड दाना सप्लायर्सलाई पनि बिलबिजक बिना करोबार गरेको भन्दै २० हजार जरिवाना गर्दै दानिसबाट ८ केजी खसीको मासु र न्यू भेरीबाट ७ केजी कुखुराको खान अयोग्य बनेको मासु बरामद गरि नष्ट गरिएको प्रजिअ पोखरेलले जानकारी दिएका छन् ।

यता नेपालगन्जको मुख्य मासु बजार बाँके बगियामा पनि खान अयोग्य मासु फोला परेको अनुगमन टोलीलले जनाएको छ ।

बाँके बगियाको मो. मुर्तजा मासु पसलबाट ९ केजी सडेको खसीको मासु बरामद गर्दै बिलरबिजक बिना कारोवार गरेकोले १० हजार जरिवाना गरिएको टोलीले जानकारी दिएको छ । टोलीका अनुसार सलिम अहमद खसी मासु फ्रेस हाउस, बाँके बगियाबाट पनि ९ केजी सडेको खसीको मासु बरामद गरेको छ भने त्यस पसलको संचालकलाई पनि बिलरबिजक बिना कारोवार गरेको भन्दै १० हजार जरिवाना गरिएको छ ।

अनुगमन टोलीले नेपालगंज-१३, बाँके बगियामा रहेको मासु मण्डीका १३ वटा मासु पसलका सञ्चालकहरुलाई संयुक्त रुपमा भेला गराई बिशेषज्ञ तथा पशु चिकित्सकबाट मासु सम्बन्धि प्रशिक्षण गराई आवश्यक निर्देशन समेत दिइएको प्रजिअ पोखरेलले बताए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ३० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल