१२ बैशाख २०८३, शनिबार | April 25, 2026

कालिकाका लेख बहादुरलाई ५ किलोमिटर दौडको उपाधी



बुटवल । कालिका मानव ज्ञान माविको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा जारी तेस्रो जिल्ला स्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता २०८० अन्तरगत शुक्रबार भएको ५ किलोमिटर दौडको उपाधि कालिका मानव ज्ञान माबिका लेख बहादुर झेडी मगरले हात पारेका छन । उनले १७ मिनेट ६ दशमलव ६१ सेकेन्डमा दौड पूरा गरि प्रथम भएका हुन ।

उनी गतवर्ष पनि विजेता थिए । कालिका कै सलामुद्घिन अन्सारीले १७ मिनेट २० दशमलव ७६ सेकेन्डमा दुरी पार गर्दै दोस्रो तथा नवीन औद्योगिक माविका दिपक विश्वकर्माले १७ मिनेट ३० दशमलव ६९ सेकेन्डमा दुरि पार गर्दै तेस्रो भए । शान्ति स्कुलका अन्सुल श्रेष्ठ १७ मनिेट ३४ दशमलव ८९ सेकेण्डमा दुरि पार गर्दै चौथो भएको खेल संयोजक हरिस ओलीले बताए ।

विजेता, उपविजेता खेलाडीहरुलाई शनिबार औपचारिक कार्यक्रमका बीच पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा २२ विद्यालयका ३० जनाले भाग लिएका थिए । प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : ०१ बजे

आफै बस्ती खाली गर्दै मनोहराका सुकुम्बासी

भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

दाङ । ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ : चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासीरभूमिहीनको

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत । जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको

गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्न थाल्यो डोजर

काठमाडौं । थापाथली आसपासका सुकुम्बासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको