२ पुस २०८२, बुधबार | December 17, 2025

एम जी क्लबको आयोजनामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुदैं



बुटवल । ‘सम्पूर्ण युवा एक हौं, समृद्ध समाज बनाऔं’ भन्ने मूल नाराकासाथ स्थापित एम जी क्लब बुटवलले राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । क्लबले यही पुस ९ गते सोमबार ‘प्रथम एमजी कप २०८०’ आयोजना गर्ने भएको हो ।

रुपन्देहीको तिलोत्तमा-६ स्थित तिलोत्तमा ब्याडमिन्टन क्लबको कभर्ड हलमा हुने प्रतियोगितामा खुल्ला मेन्स डबल र भेट्रान्स मेन्स डबल गरि दुई विधामा प्रतिस्पर्धा हुने खेल संयोजक वसन्त बहादुर चर्तीले जानकारी दिए । प्रतियोगितामा मेन्स डबलतर्फको विजेताले ४० हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले २५ हजार तथा अन्तिम ४ मा पुग्ने २ समूहलाई १५ हजार नगद राशीले सम्मान गरिने संयोजक चर्तीले जानकारी दिए । यसैगरि भेट्रान्सतर्फ विजेताले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ । यसैगरि उपविजेताले २० हजार र अन्तिम ४ मा पुग्ने २ समुहले १० हजार नगद राशी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट गरि मेन्स डबलतर्फ ६४ तथा भेट्रान्सतर्फ पनि सोही सङ्ख्यामा टिम सहभागी हुने बताईएको छ । राष्ट्रिय टोलीमा सहभागी उत्कृष्ट २० सम्म रहेका खेलाडीले भने सहभागी हुन नपाउने क्लबका अध्यक्ष राबहादुर सिंजालीले जानकारी दिए । यसैी भेट्रान्सतर्फको खेलमा प्रत्येक समुहमा एक जना अनसवार्य ४५ वर्ष उमेर पुगेको र एक जना ४० वर्षमाथिको भए पनि हुने उनले बताए । प्रतियोगितामा सहभागी हुन खुल्लातर्फ ३ हजार र भेट्रान्सतर्फ २५०० प्रवेश शुल्क लिइने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च अनुमान गरिएको बताउँदैं क्लबका महासचिव निल बहादुर कुंवरले खेलाडीका लागि खाना तथा नास्ताको समेत व्यवस्था गरिएको जानकारी दिए । प्रतियोगितामा आयोजक क्लबका तर्फबाट ७ समुहले सहभागिता जनाउने भएका छन् । पाल्पाबाट बसाई सरी रुपन्देहीमा आएकाहरु मिलेर स्थापना गरिएको एमजी क्लबमा हाल ८० जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १ : ०५ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका