५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बागलुङमा धान उत्पादन बढ्यो



बागलुङ । गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन् । रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।

गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ । बागलुङ मध्यपहाडी क्षेत्र भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था छ । सीमित सिँचाइको सुविधा हुँदाहुँदै पनि यहाँका किसानले धान उत्पादनमा मेहनत गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ । जिल्लाको सबैभन्दा बढी जैमिनी नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा धान उत्पादन हुने गरेको छ । यस वर्ष किसानलाई मौसमले साथ दिएको र उन्नत जातका बीउ प्रयोग गरेका कारण धान उत्पादनमा वृद्धि आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश सिलवालले जानकारी दिए ।

उनले भने, “अहिले पनि बागलुङका धेरै किसानाहरुले रैथाने जातको धानको बीउ प्रयोग गर्ने गरेको पाइन्छ, बिस्तारै नयाँ जातका बीउ प्रयोग गर्न थाल्नुभएको छ, नयाँ प्रविधि पनि अपनाउन थाल्नुभएको छ, पोहोर सालको भन्दा यस वर्ष केही मात्रमा धान उत्पादनमा वृद्धि भएको छ, किसानलाई परम्परागत खेती प्रणालीसँगै आधुनिकतासँग जोड्नका लागि कृषि ज्ञान केन्द्रले पनि नयाँ प्रयासहरु थालेको छ, कृषकहरुले कृषिलाई आधुनिकीकरण गर्नसके अहिलेको भन्दा बढी धान उत्पादन गर्न सक्ने सम्भावना देखिन्छ । ”

उनका अनुसार यस वर्ष बर्खे धान पाँच हजार सात सय सात हेक्टरमा र चैते धान १० हेक्टर क्षेत्रफलमा लगाइएको थियो । जैमिनी नगरपालिकाका किसान तिलक सापकोटाले अघिल्लो वर्षभन्दा यस वर्ष ५० प्रतिशतले धान उत्पादन बढी भएको बताए । गत वर्ष धान भित्र्याउने बेलाको हावाहुरी र ढिलो भएको वर्षाका कारण उत्पादनमा गिरावट आएको उनको भनाइ छ । गत वर्षसम्म रैथाने बीउ लगाएको जनाउँदै यस वर्ष नयाँ प्रजातिको बीउ लगाउँदा उत्पादन बढेको सापकोटाले बताए । हरेक वर्ष १० मुरी धान फल्ने गरेकामा यसपालि १५ मुरीभन्दा बढी उत्पादन भएको उनको भनाइ ।

बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्लाभर मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ सात हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिँचित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : २२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं