३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

गाजामा ७५ दिनमा १३६ सहकर्मी मारिएको संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको भनाइ



न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र हमासबीच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताएका छन । राष्ट्र सङ्घको इतिहासमा यति धेरै सङ्ख्यामा आफ्ना कर्मचारीको हताहत भएको अहिलेसम्मको दुर्लभ घटना हो ।

“गाजामा हाम्रा १३६ सहकर्मी ७५ दिनमा मारिएका छन्, जुन हामीले राष्ट्रसङ्घको इतिहासमा कहिल्यै देखेका छैनौं । हाम्रा अधिकांश कर्मचारीलाई घरबाट निकालिएको छ,” संयुक्त राष्ट्रसङ्घका प्रमुखले एक्स (ट्विटर) पोस्टमा लेखेका छन ।

उनले भने, “म गाजामा सर्वसाधारणलाई सहयोग गर्ने हजारौं सहायताकर्मीप्रति आधार प्रकट गर्दछु ।” अक्टोबर ७ मा इस्लामिक कट्टरपन्थी समूह ९हमास० ले गरेको आक्रमणपछि गाजामा द्वन्द्व चर्किएको थियो ।

करिब दुई हजार ५०० को सङ्ख्यामा हवाई, जल र स्थल मार्गबाट आक्रमणकारी लडाकू प्रवेश गरी इजरायली क्षेत्रमा आक्रमण गरेका थिए जसका कारण करिब एक हजार १४० जनाको हत्या गरेको थियो भने करिब २५० जनालाई बन्धक बनाएको इजरायली तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यसपछि इजरायलले निरन्तर हवाई र जमीनी अभियानको साथ आक्रमणको बदलामा जवाफ दिइरहेको छ । गाजा पट्टीस्थित हमास सरकारको सञ्चार कार्यालयले बुधबार दिएको जानकारीअनुसार कम्तीमा २० हजार व्यक्तिको मृत्यु भएको छ, जसमध्ये आठ हजार बालबालिका र छ हजार २०० महिला रहेका छन् ।

इजरायलले गाजा आक्रमणलाई हमासको सम्पूर्ण आतङ्ककारी समूहलाई समाप्त गर्नका लागि पूर्वाधारलाई लक्षित गरेको र नागरिक हताहती लाई कम गर्ने प्रयासको रूपमा चित्रण गरेको छ । इजरायलको प्रतिरषा बलले गाजा शहरको शेजैया छिमेकमा पूर्ण ‘अपरेशनल कन्ट्रोल’ स्थापित गरेको बताएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : ५९ बजे

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा