२२ भदौ २०८३, सोमबार | September 8, 2026

खेलकुदका गतिविधिले युवालाई गलत बाटोमा जानबाट रोक्छ : सह-महामन्त्री राठौर



नेपालगन्ज । नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री एवम् बाँके ३ का प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरले खेलकुदले युवालाई अनुशासित, मर्यादित र देशप्रेमी बनाउने बताएका छन् ।

बाँकेमा शनिबारबाट सुरु भएको ‘प्रथम माननीय किशोर सिंह राठौर यु-१६ बिद्यालय स्तरिय कप क्रिकेट प्रतियोगिता-२०८०’ को उद्घाटन गर्दै सांसद राठौरले खेलकुदका गतिविधिले युवालाई गलत बाटोमा जानबाट रोक्ने बताए ।

उनले नेपालगन्ज जस्तो ऐतिहासिक ठाउँमा एउटा क्रिकेट रंगशाला बनाउन सकियो भने त्यसले नेपालगन्जलाई पहिचान दिने उल्लेख गर्दै खेलकुदका गतिविधी गरेर युवालाई गलत बाटोमा जानबाट रोक्न जरुरी रहेको बताए ।

खेलकुद देशका लागी मात्र नभएर देशभभित्रका युवाले अन्र्तराष्ट्रिय जगतमा चिनाउनका लागि अत्यन्त ठुलो भुमिका हुने उनले बताए । उनले बाँके जिल्लाको खेदकुदको विकासमा सरोकारवालाले ध्यान दिन आवश्यक भइसकेको बताए । ‘मैले आफ्नो तर्फबाट केन्द्र, प्रदेश वा स्थानीय सरकारलाई भन्नुपर्ने कुराको लागि तयार छु, तपाईहरुले अलि मेहेनत गर्नुस् ।’ उनले भने ।

विगतका दिनमा खेलकुदमा बाँके जिल्ला अगाडी रहेको स्मरण गर्दै सांसद राठौरले पछिल्लो समयमा बाँके जिल्लामा खेलकुदको वातावरण निर्माण नभएको टिप्पणी गरे । ‘पहिलेको भन्दा अहिले खेलकुदमा खस्किएको जस्तो लाग्छ ।’ उनले भने ।

आफ्नै नामबाट खेलकुद प्रतियोगिता गरेकोमा युवाहरुलाई धन्यवाद दिँदै उनले युवाहरुलाई उनले भने, ‘देशलाई योगदान दिने, यो देशका जनतालाई रैतिबाट नागरिक बनाउने, यो देशका जनतालाई अधिकार सम्पन्न बनाउने विपी कोइराला, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण सम्शेर र सुशिल कोइराला जस्ता नेताहरुको नामबाट आउँदा दिनमा अगाडी बढाउनका लागि म अनुरोध गर्न चाहन्छु ।’

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : २५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार