२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा



तनहुँ । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्र्तगत डुम्रे-छिर्कन छ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर-१ नाहलापुलबाट व्यास-१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो ।

यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो । पोखरा-मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ । त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ ।

उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले जानकारी दिए । आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ ।

पोखरा-मुग्लिन सडक योजना पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ५३ बजे

चुनबाङ पुगेर प्रचण्डले सम्झिए सशस्त्र युद्धबाट शान्तिको बाटो तय गरेको ऐतिहासिक बैठक (फोटोफिचर)

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन । सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो ।

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली