३ पुस २०८२, बिहिबार | December 18, 2025

यु–१६ कप क्रिकेट : सेन्ट जेभियर्सको सहज जित



नेपालगन्ज । सेन्ट जेभियर्स स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट आइतबार फराकिलो अन्तरले जित हासिल गरेको छ । नेपालगन्ज मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सेन्ट जेभियर्सले ड्रिमल्यान्डलाई २ सय ६ रनले पराजित गरेको हो ।

पंकज केसीले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्दै सतकको योगदान गरेपछि सेन्ट जेभियर्सले २० ओभरमा २ सय ३५ रन जोडन सफल भएको थियो । प्लेयर अफ द म्याच पंकजले १ सय २८ रन बनाए । पंकजले ७० बल खेल्दै १९ चौका र ५ छक्का प्रहार गरेका थिए । सेन्ट जेभियर्सका सन्जोक थापाले २७ रन, शंक्ति जंग शाहीले १३ र सुशान्त रानाले १० रन बनाए । ड्रिमल्यान्डका हेमन्त सार्की र आनन्द रावतले २–२ विकेट लिए ।

जवाफमा ड्रिमल्यान्डका खेलाडी ६.५ ओभरमा २९ रन बनाएर अलआउट भएका थिए । ड्रिमल्यान्डका कुनैपनि खेलाडीले दोहोरो स्कोर जोडन सकेनन । सेन्ट जेभियर्सका पंकज केसी, शंक्ति जंग शाही, बिपिन खनाल र कमलेश गुप्ताले २–२ विकेट लिए ।

ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन शनिबार संघीय सांसद एवम् नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले उद्घाटन गरेका थिए । प्रतियोगितामा बाँकेका १७ टिमले सहभागिता जनाएका छन् ।

आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल, बागेश्वरी एकेडेमी कोहलपुर र मंगल प्रसाद उच्च मावि रहेका छन् ।

यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : ४६ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन