२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

सडक दुर्घटनामा दुई जनाको मृत्यु



रामेछाप । रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई आज बिहान सुनकोशी गाउँपालिका बोहोरेटार-३ मा ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बस्ने खोटाङ जिल्ला दिक्तेल नगरपालिका-१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

खोटाङ जिल्ला तुवाचुङ नपा-२ का मोटरसाइकल चालक कुमार राईको भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोशी गाउँपालिका-३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए । मन्थली नपा वडा नं-१३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ११ : ५४ बजे

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ

बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म