२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीमा पनि सुरु भयो लघुवित्त विरोधी आन्दोलन



भैरहवा । रुपन्देहीमा पनि लघुवित्त विरोधी आन्दोलन चर्कन थालेको छ । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै लघुवित्तपीडितहरुले रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालको आयोजनामा पीडितहरुले भैरहवामा प्रदर्शन गरेका हुन् ।

प्लेकार्ड सहित विरोध प्रदर्शनमा निसकेका पीडितहरुले लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाहरु द्वारा लगाइएको सामुहिक ऋण मिनाहा गर, गरिब किसानहरुलाई नि शुल्क ऋण प्रदान गर, ऋणी मार्न पाइँदैन लगायतका नारा सहित प्रदर्शन गर्दै नेपाल राष्ट्र बैंकको लुम्बिनी प्रदेश कार्यालय अगाडी पुगेर विरोधसभा गरेका थिए ।

विरोधसभामा बोल्दै संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवान, गगन विश्वकर्मा, सिखा रेग्मी, अब्दुल शाह, कोशी इन्चार्ज,रमेश सुनार, प्रदेश इन्चार्ज रोमन थापा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष लगायतले लघुवित्तको कारणले परिवार उजाडिन पुगेको, शोषणमा परि आत्महत्या तथा ज्यान गुमाएको, ऋण तिर्दा समेत बैंकहरुले कालोसूचिमा राखेको बताएका थिए।

लघु वित्तीय संस्थाहरुले राष्ट्र बैंकको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको, ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र ऋणीलाई बिचल्ली समेत बनाएको पिडितहरुले गुनासो गरे ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : ५९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले