९ कार्तिक २०८३, सोमबार | October 26, 2026

योमरी पुन्हीको अवसरमा तिलोत्तमामा योमरी महोत्सव



बुटवल । नेवाः समुदायको महत्वपूर्ण पर्व मध्यको योमरी पुन्हीको अवसर पारेर रुपन्देहीको तिलोत्तमामा योमरी नेवारी खाजा महोत्सवको आयोजना गरिएको छ । ‘झिगु कला, झिगु संस्कृति, झिगु पहिचान, झि नेवा:’भन्ने मूल नारासहित रुपन्देहीको तिलोत्तमामा सोमबारदेखि योमरी पुन्ही नेवारी खाजा महोत्सव आयोजना गरिएको हो ।

तिलोत्तमा-३ शान्तिचोकमा २ दिनसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक्ष योमरी बनाउने बिधि सिकाउनुका साथै नेवारी परिकार र नेवाः संस्कृति बारे सर्वसाधारणलाई जानकारी गराउने कार्यक्रम रहेको आयोजक भिमसेन नेवा समाज तिलोत्तमाले जनाएको छ ।

खाजा महोत्सवको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उदघाटन गरे । उदघाटनको अवसरमा बोल्दै नगर प्रमुख खाँणले नेपालको ईतिहास र बवकासमा नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । नेवार जातीको सँस्कृति र खानपान समय सान्दर्भिक रहेको चर्चा गर्दै खाँणले शरीरलाई चाहिले पोषणका आधारमा सँस्कृति र परिकार खाने प्रचलन रहेको उल्लेख गरे ।

नेवार समुदायले बनाउने योमरी र यसको महत्व बारे नयाँ पुस्तालाई समेत जानकारी गराउन आवश्यक रहेको उनले उल्लेख गरे ।

३ वर्ष अगाडि स्थापना भएको भिमसेन नेवाः समाजमा तिलोत्तमाका २७ घर परिवार आवद्ध रहेका छन् । नेवाः समुदायको चाडपर्व, नेपाल संवत भिन्तुना र्याली सहित विभिन्न सामाजिक क्रियाकलापमा नेवाः समाजले अगुवाई गर्दै आएको छ ।

नेवारी भाषा, संस्कृति र परिकारलाई जोगाउन सबै नेवाःहरु एकजुट हुन आवश्यक रहेको समाजका अध्यक्ष त्रिभुवन प्रधानाङ्गले बताए ।

सचिव सितुप्रसाद श्रेष्ठले संचालन गरेको कार्यक्रममा तिलोत्तमामा नेवाः अगुवाहरुले शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : १९ बजे

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि

खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री