२० मंसिर २०८२, शनिबार | December 6, 2025

मुटुको सुरक्षाका लागि सावधानी उत्तम विकल्प : डा. विकास नेपाल



नेपालगन्ज । बरिष्ठ मुटुरोग बिषेशज्ञ डा. विकास नेपालले मुटु रोगबाट जोगिन सावधानी नै उत्तम विकल्प भएको बताएका छन् । दैनिक नेपालगन्जले आफ्ना सहकर्मी पत्रकार ऋषिराज गैरेको हृदयघातबाट निधन भएको ४५औं दिनको पुण्यथितिमा आयोजना गरेको मुटु सुरक्षा कसरी ? विषयक स्वस्थ्य प्रशिक्षण कार्यक्रममा बोल्दै डा. नेपालले मुटु रोग लाग्न नदिन सावधानी नै उत्तम विकल्प भएको बताउका हुन् ।

उनले मुटु रोग लाग्न नदिन अपनाउनु पर्ने जीवनशैली, लागि सकेपछि मुटुको हेरचाह र वर्तमान समयमा जीवनशैलीले मुटुमा पारेको असरबारे प्रशिक्षण दिए ।
डा. नेपालले शरीरका प्रत्येक अंगको डिमाण्ड र सप्लाई हुने गरेको त्यो असन्तुलित हुँदा अंगहरुले कुनै न कुनै लक्षण देखाउने गरेको बताए ।

उनले मुटुमा समस्या सुरु भएमा छाती दुख्ने, उक्त दुखाई सरेर घाँटी तथा शरीरको पछाडिको भाग दुख्ने, चिटचिट पसिना आउने, सास फेर्दा असहज, मुटुको धडकन छिटो चल्ने, दौडदा सास फेर्न गाह्रो हुने लक्षण देखिने जानकारी दिए । मुटुरोग लाग्ने वित्तिकै हार्ट अट्याक नहुने भन्दै डा. नेपालले मुटुरोग सम्बन्धी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनु पर्ने बताए ।

‘लक्षण देखिने वित्तिकै उपचार सुरु गर्ने हो बिरामी बचाउन सकिन्छ, तर ढिलो गरी अस्पताल पुगे पनि बिरामीको ज्यान जाने गरेको छ’, उनले भने ।

उच्च रक्तचाप, सुगर, शारीरिक निष्क्रियता, धुम्रपान, तनाव, अस्वस्थकर खानपान मुटुरोगको कारण रहेको बताए । डा. नेपालले पहिले ५० बर्षमाथि उमेर समूहका लागि मात्रै हार्टअट्याक हुन्छ भन्ने मान्यता रहेपनि अहिले युवाहरुमा समेत मुटुको समस्या देखिने गरेको बताए । ‘हार्टअट्याक हुने युवामा प्रमुख कारण तनाव र धुम्रपान रहेको पाइन्छ’, उनले भने ।

दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन, सहजीकरण स्वास्थ्यकर्मी जीवन शर्माले गरेका थिए । कार्यक्रममा सहभागीहरुको प्रेसर तथा तौल परीक्षण पनि गरिएको थियो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : ४० बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले