८ चैत्र २०८२, आइतबार | March 23, 2026

नयाँ पुस्तामा बोलिचाली गर्ने बानी नहुँदा नेवारी भाषा लोपहुने खतरा बढ्यो



बुटवल । नेवारी भाषा, कला, संस्कार, संस्कृति संरक्षणमा अग्रसर रहेको झिगु नेवाः पुच, तिलोत्तमानगरले मंगलबार यःमरी पुन्ही विषेश कायृक्रम गरि मनाएको छ । पुचको वार्षिकोत्सब समेत रहेको अवसरमा यःमरी पुन्ही समारोह विविध कार्यक्रम गरि मनाएको हो ।

सो अवसरमा बोल्दै सिद्धार्थ नेवा खलका निवर्तमान अध्यक्ष तथा नेवा संस्कृतिविद विजयगोबिन्द श्रेष्ठ (विजय सागर) ले नेवारी भाषालाई ब्यवहारिक रुपमा सिकाइको वातावरण तयार गर्न नेवाः पुचलाई सुझाव दिए । नयाँ पुस्तामा बोलचाली गर्ने बानी नहुँदा नेवारी भाषा लोपहुने खतरा बढेको भन्दै उनले यसमा जोड दिन पुचलाई सुझाव दिएका हुन् ।

शंकरनगर बनबाटिका तथा अध्ययन केन्द्रमा भएको कार्यक्रममा लेखा संयोजक लोकहरि श्रेष्ठले तिलोत्तमा नगरमा आफुहरु विसं २०६० सालअघिबाट नेवारी संस्कृति जगेर्नाको अभियान थालेको जानकारी दिए । नेपालमा धेरै जातजाती र भाषा संस्कृति भएपनि नेवार समुदायले मनाउने संस्कृति भिन्न र वैज्ञानिक भएको उनले बताए । धार्मिक, सास्कृतिक साथै मानव स्वस्थ्यसंग समेत जोडिएका हुँदा नेवारहरुले अप्नाउने हरेक पर्वलाई विशेष रुपमा लिने गरिएको उनले बताए ।

उनले कृषि उत्पादनसंग जोडिएको पर्वका रुपमा विभिन्न जातीहरुले आआफ्नो तरिकाबाट मनाउने गरेको भन्दै नेवारहरुको यःमरी पुन्ही एक महत्व चाड भएको उल्लेख गरे ।

कार्यक्रममा झिगु नेवाः पुचका अध्यक्ष रुद्र प्रसाद श्रेष्ठले कतिपय नेवार समुदाय ज्यापु दिवसको रुपमा पनि यो दिनलाई मनाउने गरेको बताए । नयाँ बाली स्याहारेपछि त्यसबाट यःमरी बनाएर खाने प्रचलन रहेपनि आफुहरु भने प्रत्येक वर्ष पुजापाठ, समयबजी खानपिन साथै लाखे नाच, खेलकुद कार्यक्रमहरु गरि मनाउदै आएको उनले बताए ।

कार्यक्रममा सिद्धार्थ नेवा खलको अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, जेष्ठ नागरिक गिर्मान श्रेष्ठ, दान बहादुर श्रेष्ठ, सामाजिक अभियन्ता अरुणा श्रेष्ठलगायतले जिल्लामा छरिएर रहेका नेवार संस्थाहरुलाई गोलबद्ध गरि अघि बढने गरि लाग्नु पर्नेमा जोड दिए । हाल पुचमा तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाका १ सय २६ घरधुरी सदस्य आबद्ध रहेका छन् । आजकै दिन संस्थाले १९ वर्ष पूरा गरेको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : २९ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय