२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बाँकेका २ सरकारी कार्यालयबाट राजपत्रको सूचनाको ठाडोे उल्लंघन



नेपालगन्ज । नेपाल सरकारले तोकेको बिदाको दिनमा समेत सार्वजनिक सेवा प्रवाह गर्नु पर्ने बाँकेका २ सरकारी कार्यालयले भने सरकारी निर्देशनको उल्लंघन गरेका छन् ।

नेपाल सरकारले प्रकाशित गरेको राजपत्र अनुसार सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष ब्यवस्था अन्तर्गत सार्वजनिक बिदाको दिन पनि सेवा संचालन गर्नुपर्ने कार्यालय मध्ये २ वटा कार्यालयले सरकारी निर्देशन उल्लंघन गरेका हुन् ।

सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष ब्यवस्था अन्तर्गत इःम्हरी पुन्ही र उभौली पर्वमा सेवा दिनुपर्ने कार्यालय मध्य बाँकेका भेटेरिनरी अस्पताल र संघिय खानेपानी आयोजनाले सरकारी निर्देशन उल्लंघन गरेका छन् । विशेष ब्यवस्था अन्तर्गत बिदाको दिनमा पनि सेवा प्रवाह गर्नुपर्नेमा ती २ कार्यालयले पूर्णरुपमा कार्यालय बन्द गरेर बिदा मनाएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

राजपत्रको सूचना बमोजिम भएनभएको अनुगमन गर्न जिल्ला प्रशासनको टोली पुग्दा खाद्य प्रबिधी तथा गुण नियन्त्रण, खानेपानी तथा सरसफाइ डिभिजन, नेपाल टेलिकम, नेपाल बैंक लि, जिल्ला हुलाक, नेपाल बिद्युत प्राधिकरण र बाणिज्य कार्यालयले सेवा सुचारु गरेपनि भेटनरी अस्पताल र संघीय खानेपानीका कर्मचारीहरु भने कार्यालय बन्द गरेर बसेको फेला परेको प्रजिअ पोखरेलले जनाए ।

सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष ब्यवस्था अनुसार आगामी बिदाका दिनमा सेवा संचालनको ब्यवस्था मिलाउन ती कार्यालयलाई निर्देशन दिइएको प्रजिअ पोखरेलले बताए ।

नेपाल सरकारले २०७९ चैत्र २ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष ब्यवस्था अनुसार बिदाको दिनमा पनि तोकिएका सरकारी सेवा दिनुपर्ने ब्यवस्था गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १० : ०९ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा