६ श्रावण २०८३, बुधबार | July 23, 2026

बाँकेका २ सरकारी कार्यालयबाट राजपत्रको सूचनाको ठाडोे उल्लंघन



नेपालगन्ज । नेपाल सरकारले तोकेको बिदाको दिनमा समेत सार्वजनिक सेवा प्रवाह गर्नु पर्ने बाँकेका २ सरकारी कार्यालयले भने सरकारी निर्देशनको उल्लंघन गरेका छन् ।

नेपाल सरकारले प्रकाशित गरेको राजपत्र अनुसार सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष ब्यवस्था अन्तर्गत सार्वजनिक बिदाको दिन पनि सेवा संचालन गर्नुपर्ने कार्यालय मध्ये २ वटा कार्यालयले सरकारी निर्देशन उल्लंघन गरेका हुन् ।

सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष ब्यवस्था अन्तर्गत इःम्हरी पुन्ही र उभौली पर्वमा सेवा दिनुपर्ने कार्यालय मध्य बाँकेका भेटेरिनरी अस्पताल र संघिय खानेपानी आयोजनाले सरकारी निर्देशन उल्लंघन गरेका छन् । विशेष ब्यवस्था अन्तर्गत बिदाको दिनमा पनि सेवा प्रवाह गर्नुपर्नेमा ती २ कार्यालयले पूर्णरुपमा कार्यालय बन्द गरेर बिदा मनाएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

राजपत्रको सूचना बमोजिम भएनभएको अनुगमन गर्न जिल्ला प्रशासनको टोली पुग्दा खाद्य प्रबिधी तथा गुण नियन्त्रण, खानेपानी तथा सरसफाइ डिभिजन, नेपाल टेलिकम, नेपाल बैंक लि, जिल्ला हुलाक, नेपाल बिद्युत प्राधिकरण र बाणिज्य कार्यालयले सेवा सुचारु गरेपनि भेटनरी अस्पताल र संघीय खानेपानीका कर्मचारीहरु भने कार्यालय बन्द गरेर बसेको फेला परेको प्रजिअ पोखरेलले जनाए ।

सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष ब्यवस्था अनुसार आगामी बिदाका दिनमा सेवा संचालनको ब्यवस्था मिलाउन ती कार्यालयलाई निर्देशन दिइएको प्रजिअ पोखरेलले बताए ।

नेपाल सरकारले २०७९ चैत्र २ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष ब्यवस्था अनुसार बिदाको दिनमा पनि तोकिएका सरकारी सेवा दिनुपर्ने ब्यवस्था गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १० : ०९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क