१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिने पुरुष भन्दा महिला बढी



नेपालगञ्ज । बाँकेमा परिवार नियोजनको अस्थायी साधनको अधिक प्रयोगका कारण स्थायी बन्ध्याकरण सेवा लिने पुरुषको तुलनामा महिलाको संख्या अत्याधिक रहेको पाईएको छ ।

नेपाल परिवार नियोजन संघ बाँके शाखा र जिल्ला स्वास्थ्य कार्यालय बाँकेद्वारा सञ्चालन गरेको १० वटा निशुल्क बन्ध्याकरण शिविरबाट १० पुरुष र १ सय १५ महिला गरी १ सय २५ जनाले सेवा लिएको तथ्याङ्क अनुसार परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिनेमा पुरुषको संख्या भन्दा महिलाको अत्यन्तै बढी रहेको पाईएको हो ।

परिवार नियोजनको अस्थायी साधन प्रतिको आकर्षण बढ्नु र स्थायी बन्ध्याकरण गर्न डराउने प्रबृत्तिका कारण स्थायी बन्ध्याकरण गर्नेको संख्या घटेको नेपाल परिवार नियोजन संघ बाँकेका चिफ कन्सल्टेन्ट सर्जन डा. केएन जोशी बताउछन् ।

उनले भने–‘जन्मान्तरको समय बढाउन प्रयोग गरिने अस्थायी साधनको प्रयोग गर्न सेवाग्राही आकर्षित हुन र अस्थायी साधनको प्रयोग नै समाधान हो भन्ने गलत बुझाईको कारण स्थायी सेवा लिनेको संख्या न्यून हुन गएको हो ।’

उनले मात्र दुई सन्तानबीचको जन्मान्तरको समय बढाउन अस्थायी साधन प्रयोग गर्नु पर्नेमा नियमित प्रयोग गर्दा खासगरी महिलाहरुमा मोटोपन, तथा विभिन्न प्रकारको साईड ईफेक्ट भई सेतो पानीबग्ने। महिनावारी नियमित नहुने, क्यान्सर जस्तो रोगका कारण स्वास्थ्यमा समस्या हुने गरेको बताए ।

शिविरमा सेवा लिन आएका सेवाग्राहीले सन्तानको रहर पुगेपछि स्थायी बन्ध्याकरण गर्न आएको प्रतिक्रिया दिए । शिविरमा पुगेर सेवा लिनेहरु मध्ये महिलाले नै किन त भन्दा पुरुषले बाहिरको कडा काम गर्नु पर्ने भएकोले श्रीमान भन्दा आफुले नै स्थायी बन्ध्याकरण सेवा लिन आएको प्रतिक्रिया छ ।

बाँकेका सबै पालिकामा सन्तानको रहर पुगेकाहरुका लागि लक्षित गरी सञ्चालन गरेको शिविरबाट १ सय २५ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन फोकलपर्शन देवनारायण उपाध्यायले जानकारी दिए ।

उनले परिवार नियोजनको शिविर सञ्चालन गर्दा सबै पालिकाको स्वास्थ्य प्रमुख तथा स्वयमसेविकालाई परिचालित गरी सन्तानको रहर पुगेका महिला पुरुषलाई शिविरमा सेवा दिने गरिएको बताए ।

नेपाल परिवार नियोजन संघ बाँकेका प्रबन्धक रश्मि श्रेष्ठले पहिला अस्थायी साधनको व्यापक उपलध्धता नहुनुको कारणले स्थायी सेवा लिनेको संख्यामा बृद्धि हुने गरेकोमा पछिल्ला केही वर्षयता भने स्थायी सेवा लिनेको संख्यामा पनि केही घटेको पाईएको बताईन ।

उनले भनिन- ‘ पहिला अस्थायी साधनको उपलब्धता न्यून हुनु अहिले प्रत्येक दिन, ७२ घण्टे, एक महिनादेखि ५ वर्षसम्मको उपलब्धता भएको कारणले पनि स्थायी रुपमा बन्ध्याकरण सेवा लिने सेवाग्रहीको संख्या घटेको हो ।’ उनले परिवार नियोजनको लागि अस्थायी साधन नै समाधान भने नभएको बताईन ।

उनले संघले परिवार नियोजनको स्थायी  बन्ध्याकरण सेवा, अस्थायी साधन वितरण, प्रजनन अधिकारको बारेमा सचेतना अभियान, पाठेघरको मुखको क्यान्सरको जाँच जस्ता विभिन्न प्रकारका सेवा कार्यलयबाटै र घुम्ति शिविरबाट समेत दिदै आएको जानकारी दिईन ।

अस्थायी साधनको प्रयोग दुई सन्तानबीचको उमेर फरक बनाउने भए पनि सेवाग्राहीले त्यो कुरालाई नजर अन्दाज गर्दा स्थायी बन्ध्याकरण प्रति आकर्षण घटेको र अस्थायी साधनको प्रयोग बढेको संबन्धित क्षेत्रका विज्ञको भनाई छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : १७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान