२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । हिजो वादी पक्षको बहस सकिएको छ । वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए ।

आइतबारबाट सुरु भएको बहसमा उक्त दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधवार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरे।

बुधवार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस सकाएका छन् । बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका थिए । सापकोटाले आज पनि बहसलाई निरन्तरता दिनेछन् ।

सापकोटापछि प्रतिवादीका तर्फबाट लिड लयर रहेका अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी तथा अधिवक्ता रोशनी पौडेलले बहस गर्ने तयारी रहेको छ ।

बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले बताए । त्यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ७ : ५० बजे

युवामा नेतृत्व विकास गर्न ‘इमर्जिङ युथ स्पिकर सिजन थ्रि’ सम्पन्न, निश्चल भट्टराई प्रथम

बुटवल । युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सीप

लुम्बिनी प्रादेशिक अस्पतालका २ सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उत्पेरणा तालिम

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत २ सय बढी

महाशिवरात्रि : पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा