१ भदौ २०८३, सोमबार | August 17, 2026

राष्ट्रपति पौडेलसमक्ष जापानी राजदूतको शिष्टाचार भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निःशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गरे । साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याइआएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी आजै राष्ट्रपति पौडेलसमक्ष थाइल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उक्त अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ३ : ०० बजे

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको