५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

मुख्यमन्त्रीहरुको एउटै आवाज – ‘सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्नुपर्छ’



हेटौँडा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयतालाई दिगो र सबल तुल्याउन सङ्घीय सरकारले प्रत्येक प्रदेश सरकारलाई यथाशीघ्र अधिकार प्रत्यायोजित गर्नुपर्ने बताएका छन् । आज मकवानपुरको हेटौँडामा आयोजित कार्यक्रममा उनले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट न्यायोचित ढङ्गबाट गरिनुपर्ने आग्रह गरे ।

मुख्यमन्त्री यादवले आजै हेटौँडामा आयोजना गरिएको सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले सङ्घीय सरकारलाई विभिन्न बुँदाको सुझावसहित प्रतिवेदन बुझाउने निर्णय गरेको जानकारी दिए । उनले जनतालाई सङ्घीयता र गणतन्त्रप्रति जागरुक बनाउन तीनै तहका सरकार इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल नगरपालिका महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र नेपाल गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सङ्घीयता र संविधानको मर्मअनुसार स्थानिय तहमा जनप्रतिनिधिलाई आफ्नो कार्यसम्पादन गर्न वर्तमान ऐन कानुनमा सुधार गर्नुपर्ने तथा सङ्घीय सरकारले स्थानीय निकायलाई उपेक्षा नगरी प्रदेश सरकार र स्थानीय सरकारलाई समान तरिकाले बजेट बाँडफाँट गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरेका थिए ।

अहिले सातै प्रदेशका मुख्यमन्त्रीहरूको हेटौडामा बैठक सुरू भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा मुख्यमन्त्रीहरुको बैठक बसेको हो । बैठकमा सातै प्रदेशको मुख्यमन्त्रि उपस्थित रहेका छन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : ०५ बजे

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको सदस्यमा नियुक्त ढकालले गरिन पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नवनियुक्त अस्पताल विकास समिति

खजुरा क्यान्सर अस्पताल सम्बन्धी उजुरीको फायल खोतल्दै अख्तियार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा

बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित हुनु संसदीय परम्पराविपरीत : अमरेशकुमार सिंह

काठमाडौं । अमरेशकुमार सिंहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

पाल्पा । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप