१५ माघ २०८२, बिहिबार | January 29, 2026

कुखुरा विकास केन्द्र खजुराबाट लोकल कुखुराको उत्पादन र विक्रि बितरण सुरु



खजुरा । प्रदेश सरकारको एकमात्र कुखुरा विकास केन्द्र बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले लोकल कुखुराको उत्पादनसंगै बजारिकरण सुरु गरेको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो फर्मबाट लोकल प्रजातिका चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरुको अनुसन्धान र कृषकलाई प्राविधिक सेवा दिदै आएको भएपनि यो संघियता लागू भएसंगै २०७८ देखि लुम्बिनी प्रदेशको कुखुरा विकास स्रोत केन्द्रको रुपमा सञ्चालित छ ।

कुखुरा विकास फर्म खजुराले लोकल कुखुरा उत्पादनसंगै बजारिकरण सुरु गरेपछि लोकल कुखुराको चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरु जस्तै कालिज, बट्टाई, टर्कीलगायतको अनुसंधान गरी व्यवसायिक रुपमा पाल्न सक्ने भए किसानलाई सिफारिस गर्ने प्राविधिक सेवा दिदै आएको र्फमका प्रबन्धक डा. सुमन खनालले जानकारी दिए ।

फर्म प्रबन्धक डा. खनालले फर्ममा लोकल, घाँटीखुईले, साकिने, शुद्धकालो, प्वाख उल्टे प्रजातिका कुखुरा र ग्रामिण प्रजातिका ब्याकस्टालोक र न्यू हेम्पसार प्रजातिका कुखुराको एकदिने चल्ला उत्पादन संरक्षण र बजारिकरण गर्दै आएको बताए ।

उनले फर्मले चालु आर्थिक वर्षको पहिलो लटको चल्ला मंसिर ४ गतेदेखि उत्पादन समेत सुरु भएको र हरेक साताको सोमबार चल्ला निकाल्ने गरेको जानकारी दिए । कुखुरा विकास फर्म खजुरा मै उत्पादित अण्डाबाट निकालिएको एक दिनका चल्ला सिधै फर्मबाट र हुर्किएका चल्ला ब्रुडर किसान मार्फत बिक्रि बितरणको व्यवस्था मिलाइएको छ ।

कुखुरा विकास फर्म खजुराबाट लोकल र स्थानीय जातका कुखुराको व्यवसायिक उत्पादन तथा संरक्षणमा समेत ठूलो योगदान पुराईएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : १८ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।