४ भदौ २०८३, बिहिबार | August 20, 2026

कुखुरा विकास केन्द्र खजुराबाट लोकल कुखुराको उत्पादन र विक्रि बितरण सुरु



खजुरा । प्रदेश सरकारको एकमात्र कुखुरा विकास केन्द्र बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले लोकल कुखुराको उत्पादनसंगै बजारिकरण सुरु गरेको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो फर्मबाट लोकल प्रजातिका चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरुको अनुसन्धान र कृषकलाई प्राविधिक सेवा दिदै आएको भएपनि यो संघियता लागू भएसंगै २०७८ देखि लुम्बिनी प्रदेशको कुखुरा विकास स्रोत केन्द्रको रुपमा सञ्चालित छ ।

कुखुरा विकास फर्म खजुराले लोकल कुखुरा उत्पादनसंगै बजारिकरण सुरु गरेपछि लोकल कुखुराको चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरु जस्तै कालिज, बट्टाई, टर्कीलगायतको अनुसंधान गरी व्यवसायिक रुपमा पाल्न सक्ने भए किसानलाई सिफारिस गर्ने प्राविधिक सेवा दिदै आएको र्फमका प्रबन्धक डा. सुमन खनालले जानकारी दिए ।

फर्म प्रबन्धक डा. खनालले फर्ममा लोकल, घाँटीखुईले, साकिने, शुद्धकालो, प्वाख उल्टे प्रजातिका कुखुरा र ग्रामिण प्रजातिका ब्याकस्टालोक र न्यू हेम्पसार प्रजातिका कुखुराको एकदिने चल्ला उत्पादन संरक्षण र बजारिकरण गर्दै आएको बताए ।

उनले फर्मले चालु आर्थिक वर्षको पहिलो लटको चल्ला मंसिर ४ गतेदेखि उत्पादन समेत सुरु भएको र हरेक साताको सोमबार चल्ला निकाल्ने गरेको जानकारी दिए । कुखुरा विकास फर्म खजुरा मै उत्पादित अण्डाबाट निकालिएको एक दिनका चल्ला सिधै फर्मबाट र हुर्किएका चल्ला ब्रुडर किसान मार्फत बिक्रि बितरणको व्यवस्था मिलाइएको छ ।

कुखुरा विकास फर्म खजुराबाट लोकल र स्थानीय जातका कुखुराको व्यवसायिक उत्पादन तथा संरक्षणमा समेत ठूलो योगदान पुराईएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : १८ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक